काठमाडौं– सडकमा रगत पोख्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाललाई हिन्दूराष्ट्र बनाउन माग गर्दै सडकमा रगत पोखिएको थियो ।
मोहन शमशेर राणा नेतृत्वको राष्ट्रिय स्वयंसेवक दलले राजधानीको सिंहदरबार अगाडि भद्रकालीमा गरेको प्रदर्शनका क्रममा राँगाको ९ ड्रम रगत सडकमा पोखेका थिए ।
प्रदर्शनकारीले सडकमा रगत पोखेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
‘दुईवटा गाडीमा ८ वटा ड्रममा भरेर ल्याइएको रगत भद्रकाली अगाडिको सडकमा एकैपटक पोखे,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने,’वातावरणीय हिसावमा पनि रगत पोखेर दुर्गन्ध फैलाउने काम गरेकाले रगत पोख्ने कार्यमा संलग्न ९ जनालाई नियन्त्रणमा लिइएको हो ।’
पक्राउ परेकाहरुमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया