सिङ्गापुरको पीआर कसरी पाउने ? | Khabarhub Khabarhub

सिङ्गापुरको पीआर कसरी पाउने ?


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर एशियाको महत्वपूर्ण आर्थिक केन्द्र हो । यहाँ अध्ययन, रोजगारी, व्यापार लगायतका क्षेत्रमा कैयौं अवसरहरु उपलब्ध छन् ।

सिङ्गापुरमा बसोबास गर्न चाहना तपाईंलाई पनि हुनसक्छ । यसका लागि सिङ्गापुरले स्थायी बसोबास अनुमतिपत्र अर्थात् पीआरको व्यवस्था गरेको छ । आखिर सिङ्गापुरको पीआर कसरी पाउने ?

शुरुमा तपाईं सिङ्गापुरको पीआर पाउन योग्य हुनुपर्छ । यसका लागि तपाईंले सिङ्गापुरमा अध्ययन गरिरहेको हुनुपर्छ वा सिङ्गापुरमा पुँजी लगानी गरेको हुनुपर्छ वा तपाईंलाई सिङ्गापुरको रोजगारी पास (एसपास) लिएको हुनुपर्छ ।

सिङ्गापुरको पीआर लिइसकेका मानिसको श्रीमान्, श्रीमती वा २१ वर्ष नकटेका अविवाहित छोराछोरी वा उमेर ढल्केका आमाबाबुले समेत सिङ्गापुरको पीआर पाउने व्यवस्था छ ।

यसका लागि तपाईंले स्थानीय निकायले प्रमाणित गरेको वैधानिक दस्तावेज अनलाइनमार्फत् पेश गर्नुपर्छ । यो क्रममा तपाईंले आफ्नो फोटो, आवेदन, न्यूनतम तलब, रोजगारी र सिङ्गापुरको अनिवार्य राष्ट्रिय सेवामा आफ्नो योग्यताबारे स्पष्ट पार्नुपर्छ । यसका साथै आवेदन भर्ने क्रममा १ सय सिङ्गापुरे डलर तिर्नुपर्छ ।

अध्यागमन अधिकारीले तपाईंको विवरण जाँच गरेपछि आवेदन पेश गरेको ४ देखि ६ महिनाभित्र तपाईंले सिङ्गापुरको पीआर पाउन सक्नुहुन्छ । आफ्नो आवेदन कुन प्रक्रियामा छ भनेर तपाईंले अनलाइनबाट समेत जानकारी पाउन सक्नुहुन्छ ।

सिङ्गापुरमा अनिवार्य राष्ट्रिय सेवाको व्यवस्था छ । यसअनुसार सिङ्गापुरको पीआर वा नागरिकता लिने दोश्रो पुस्ताका हरेक (पुरुष) व्यक्तिले यसमा सहभागी भएर निश्चित समयसम्म सेवा दिनुपर्ने प्रावधान छ । त्यसबाहेक बढीमा कम्तीमा वर्षसम्म अपरेसनली रेडी नेशनल सर्भिसमा वार्षिक ४० दिनसम्म सेवा दिनुपर्ने प्रावधान छ । यसो नगरेमा कडा कारवाही हुने व्यवस्था छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : ३६ बजे

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट– रौतहटको माधवनारायण नगरपालिका ६ विनटोलमा बिहीवार भएको आगलागीबाट ५

चितवन निकुञ्जमा गस्तीमा गएका सैनिक सहकर्मीको गोली लागेर घाइते

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको एक सैनिक जवान सहकर्मीको