देश विकासको प्रमुख बाधक भ्रष्टाचार : नेता पौडेल « Khabarhub

देश विकासको प्रमुख बाधक भ्रष्टाचार : नेता पौडेल


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार देश विकासका लागि प्रमुख बाधक भएको बताएका छन्।

शैलजा आचार्य आदर्श समाज कास्कीद्वारा शनिवार आयोजित भ्रष्टाचारविरुद्धको नागरिक अभियान कार्यक्रममा उहाँले भ्रष्टाचारको अन्त्यविना विकास सम्भव नभएको विचार व्यक्त गरे ।

भ्रष्टाचारका कारण राजनीतिप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै उनले केही नेताका कारण राजनीति गर्ने नेताप्रति पनि जनताको असन्तुष्टि बढेको धारणा राखे ।

पूर्वसभामुख तारानाथ रानाभाटले भ्रष्टाचारी जोसुकै भए पनि छाड्न नहुने बताउँदै पछिल्लो समयमा भ्रष्टाचार दिनानुदिन मौलाउँदै गएको बताए ।

शैलजा आचार्य आदर्श समाजकी अध्यक्ष दुर्गा घिमिरेले भ्रष्टाचारकै कारण धनी र गरीबबीचको खाडल बढ्दै गएको बताउँदै यसको न्यूनीकरणमा जनता नै सजग बन्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : १७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल