नेकपाले अभूतपूर्व सफलतालाई सदुपयोग गर्न सक्नुपर्छ : रावल « Khabarhub

नेकपाले अभूतपूर्व सफलतालाई सदुपयोग गर्न सक्नुपर्छ : रावल


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदूरपश्चिमका सबै जिल्लामा पार्टी एकता कार्य टुङ्गिएको छ ।

यही जेठ २५ गते कैलालीबाट शुरु भएको जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम शनिबार अछाम जिल्ला कमिटीको घोषणा तथा शपथग्रहण भएसँगै नौ वटै जिल्लामा जिल्ला कमिटीले पूर्णता पाएको हो ।

पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टसहितका नेताहरुको उपस्थितिमा अछाम जिल्ला कमिटीका १४५ सदस्यलाई शनिबार शपथग्रहण गराइएको छ ।

शपथग्रहणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले नेकपाले अहिले अभूतपूर्व सफलता प्राप्त गरेको भन्दै यस सफलतालाई सदुपयोग गर्न जरुरी रहेको बताए । यो सफलतालाई जनताको आकाङ्क्षा र राष्ट्रको आवश्यकताअनुसार उपयोग गर्न आग्रह गरे ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले यसअघि काङ्ग्रेसले बहुमत प्राप्त गर्दाका बखत देशका कलकारखाना कौडीको भाउमा बेचेको र नदीनाला अरुलाई सुम्पिएको आरोप लगाए । नेता रावलले सकारात्मक अनुभवलाई ग्रहण गर्दै जीवनमा कार्यान्वयन गर्ने र नकारात्मक अनुभवबाट पाठ सिक्दै अघि बढ्न नयाँ चयन भएका जिल्ला कमिटी सदस्यलाई आग्रह गरे ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ९ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै