मनसुन सक्रिय भएपनि अब ठूलो वर्षा हुने सम्भावना छैन–मौसमविद् « Khabarhub

मनसुन सक्रिय भएपनि अब ठूलो वर्षा हुने सम्भावना छैन–मौसमविद्


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —मनसुन सक्रिय भएपनि फेरि भारी मनसुनी वर्षा नहुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार मनसुन सक्रिय भएपनि तत्काल त्यति ठूलो र लगातार वर्षाको संकेत छैन ।

प्रधानांगका अनुसार मनसुनको न्यूनचापीय रेखा तराईको भूभागमै छ । गत साता उक्त रेखा भारतबाट नेपालतिर सरेको थियो । न्यूनचापीय रेखा जहाँ बनेको हुन्छ, त्यसवरपर पानी पार्ने प्रणाली शक्तिशाली बनेको हुन्छ र वर्षा बढी हुन्छ ।

गत साता न्यूनचापीय रेखासँगै न्यूनचापीय प्रणाली (लो प्रेसर) विकसित भएपछि देशैभरि लगातार भारी वर्षा भएको प्रधानांगको भनाइ छ । उनका अनुसार अहिले लो प्रेसर नेपालको भूभागबाट विलिन भइसकेकाले त्यति ठूलो प्रभाव पर्ने सम्भावना छैन । न्यूनचापीय रेखा मात्र रहेकाले लगातार वर्षाको संकेत नरहेको उनले बताए ।

न्यूनचापीय रेखा नेपालतिर सर्नुका साथै भारतको बिहार, उत्तरप्रदेश हुँदै नेपालको मध्यभागसम्म लो प्रेसरसमेत विकसित भएपछि झन्डै तीन दिन लगातार वर्षा भएको थियो । तीन दिनमा मुलुकका धेरै स्थानमा एक महिनामा पर्ने औसत वर्षाभन्दा बढी पानी परेको छ ।

एकै पटक धेरै वर्षा भएकाले असरसमेत निम्तिएको छ । लो प्रेसर बंगालको खाडीमै बन्छ र पश्चिम सर्दै आउँछ । प्रधानांगका अनुसार न्यूनचापीय रेखा जहाँ हुन्छ, त्यसैलाई पछ्याउँदै लो प्रेसर आउँछ ।

न्यूनचापीय रेखाले पानी पार्ने प्रणाली विकास गर्ने उनको भनाइ छ । मनसुनका बेला यो रेखा तलमाथि (उत्तर र दक्षिण) सरिरहने प्रधानांगले बताए ।

न्यूनचापीय रेखा तलतिर सर्‍यो भने नेपालमा मनसुन कमजोर हुन्छ र वर्षा कम हुन्छ । धेरै समय दक्षिण (भारत) तिर बसिरह्यो भने सुक्खा पनि हुन सक्छ । न्यूनचापीय रेखा माथि (उत्तर) तिर सर्‍यो भने मनसुन सक्रिय हुन्छ र वर्षा धेरै हुन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन नेपालमा मनसुन सक्रिय हुने देखिन्छ । सरदर हिसाबले जेठ अन्तिममै मनसुन भित्रिनुपर्ने भए पनि नेपालमा १० दिन ढिलो गरी असार ५ गते पूर्वी भागबाट मनसुन प्रवेश भएको थियो । कमजोर अवस्थामा प्रवेश भएको मनसुन नेपालभरि फैलिन भने करिब एक साता लाग्यो ।

मध्य जुनदेखि सेप्टेम्बरसम्म करिब एक सय ५ दिन नेपालमा मनसुनी वर्षा हुन्छ । तीमध्ये जुलाईमा बढी वर्षा हुन्छ । मनसुनमा वार्षिकको ८० प्रतिशतसम्म (सरदर १४ सय मिलिमिटरभन्दा बढी) वर्षा हुन्छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ३७ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी