फेडेररलाई हराउँदै जोकोभिकले जिते विम्बल्डन टेनिसको उपाधि | Khabarhub Khabarhub

फेडेररलाई हराउँदै जोकोभिकले जिते विम्बल्डन टेनिसको उपाधि


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्बियन स्टार नोभाक जोकोभिकले लगातार दोस्रो बर्ष विम्बल्डन टेनिसको उपाधि जितेका छन् ।

लण्डनमा आइतबार भएको फाइनलमा रोजर फेडेररलाई ऐतिहासिक टाईब्रेकमा पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जोकोभिकले फेडेररलाई ७-६ (७-५), १-६,७-६(७-४) र १३-१२ (७-३) को सेटमा पराजित गरे ।

उपाधि जित्न जोकोभिकले ४ घण्टा ५७ मिनेटको समय लगाए । र, यो विम्बल्डन इतिहासकै सर्वाधिक लामो फाइनल हो ।

योसंगै जोकोभिकले करियरको १६ औं ग्राण्डस्लाम उपाधि जित्न सफल भएका छन् । जोकोभिक सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी हुन् । फेडेररले २० र राफायल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

यस्तै जोकोभिकको यो पाँचौ विम्बल्डन उपाधि हो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ४८ बजे

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज