विश्वकप उपाधि–४ वर्षदेखि इंग्ल्याण्डको अथक मिहिनेतको स्वाद « Khabarhub

विश्वकप उपाधि–४ वर्षदेखि इंग्ल्याण्डको अथक मिहिनेतको स्वाद


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आईसीसी क्रिकेट विश्वकपको उपाधि पहिलो पटक उचाल्दै इंग्ल्यान्डले विश्व विजेतामा आफ्नो नाम दर्ता गरायो ।

आइतबार लड्स क्रिकेट मैदानमा भएको फाइनलमा न्यूजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि उचालेको इंग्ल्यान्ड २७ वर्षपछि फाइनल खेलिरहेको थियो । न्यूजिल्यान्ड लगातार दोस्रो पटक फाइनलका लागि मैदान उत्रिएको थियो ।

दर्शकले विश्वकपको अन्तिम बलसम्म पनि रोमाञ्चकता पाए । त्यसको कारण थियो, मैदानको गर्मी । दुवै टिमका खेलाडीले अथक प्रयास गरे । खेल सुपर ओभरसम्म धकेले । तर, अन्तिममा इंग्ल्यान्डले धेरै ‘ब्राउण्ड्री’ प्रहार गरेका आधारमा उपाधि उचाल्यो । उपाधि जित्न नसकेपनि विश्व क्रिकेटका प्रशंसकले न्युजिल्यान्डले मन जित्न सफल भएको प्रतिक्रिया दिए ।

जीत पछि न्युल्यिान्डका कप्तान आफ्नो टिमको प्रशंसा त गरिहाले । तर, उनको अनुहारमा लगातार दुई पटक फाइनलमा पराजित हुँदाको पिडा भने झझल्कीरहेको थियो । त्यो पिडा उनी बाहेक त्यो परिस्थितीमा साहेद अरु खेलाडीले महसुस पनि गर्न सकेका थिएनन् ।

यता, अर्को तिर घरेलु मैदानमा उपाधि जित्दै इंग्ल्यान्ड क्रिकेटमा आफ्नो एतिहासिक जित दिलाउन सफल कप्तान इयोन मोर्गनले भने आफ्नो टोलीको ४ वर्षको मेहनतले उपाधि हात परेको बताए ।

उनले आफ्नो टोली पछिल्लो ४ वर्षमा यसैका लागि लागेको र त्यो पुरा भएको समेत उल्लेख गरे । इंग्ल्यान्डका लागि फाइनलमा नायक बनेका वेन स्टक्सले आफ्नो देशलाई एतिहासिक जित दिलाए पनि न्युजिल्यान्डका खेलाडीसँग भने माफ मागे ।

किनकी उनकै कारण न्युजिल्यान्ड लगातार दोस्रो पटक उपाधि उचाल्नबाट बञ्चित भएको थियो । सायद, यसैले होला क्रिकेटलाई ‘गेम अफ जेन्टलम्यान’ पनि भन्ने गरिन्छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ९ : ३६ बजे

‘ग्रिनल्यान्डलाई अमेरिकी अस्पताल जहाजको आवश्यकता छैन’

कोपनहेगन– डेनमार्कका रक्षामन्त्री ट्रोअल्स लुन्ड पौल्सेनले ग्रिनल्यान्डलाई अन्य देशहरूबाट चिकित्सा

बालबालिकामा इन्टरनेटको लत : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता

काठमाडौं– पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको

चितवन–३ मा कस्तो छ चुनावी माहोल ?

चितवन–  चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा (एमाले)का

निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही फागुन

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

मुगु– श्रमबाटै समृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले