विश्वकप उपाधि–४ वर्षदेखि इंग्ल्याण्डको अथक मिहिनेतको स्वाद « Khabarhub

विश्वकप उपाधि–४ वर्षदेखि इंग्ल्याण्डको अथक मिहिनेतको स्वाद


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आईसीसी क्रिकेट विश्वकपको उपाधि पहिलो पटक उचाल्दै इंग्ल्यान्डले विश्व विजेतामा आफ्नो नाम दर्ता गरायो ।

आइतबार लड्स क्रिकेट मैदानमा भएको फाइनलमा न्यूजिल्यान्डलाई सुपर ओभरमा हराउँदै उपाधि उचालेको इंग्ल्यान्ड २७ वर्षपछि फाइनल खेलिरहेको थियो । न्यूजिल्यान्ड लगातार दोस्रो पटक फाइनलका लागि मैदान उत्रिएको थियो ।

दर्शकले विश्वकपको अन्तिम बलसम्म पनि रोमाञ्चकता पाए । त्यसको कारण थियो, मैदानको गर्मी । दुवै टिमका खेलाडीले अथक प्रयास गरे । खेल सुपर ओभरसम्म धकेले । तर, अन्तिममा इंग्ल्यान्डले धेरै ‘ब्राउण्ड्री’ प्रहार गरेका आधारमा उपाधि उचाल्यो । उपाधि जित्न नसकेपनि विश्व क्रिकेटका प्रशंसकले न्युजिल्यान्डले मन जित्न सफल भएको प्रतिक्रिया दिए ।

जीत पछि न्युल्यिान्डका कप्तान आफ्नो टिमको प्रशंसा त गरिहाले । तर, उनको अनुहारमा लगातार दुई पटक फाइनलमा पराजित हुँदाको पिडा भने झझल्कीरहेको थियो । त्यो पिडा उनी बाहेक त्यो परिस्थितीमा साहेद अरु खेलाडीले महसुस पनि गर्न सकेका थिएनन् ।

यता, अर्को तिर घरेलु मैदानमा उपाधि जित्दै इंग्ल्यान्ड क्रिकेटमा आफ्नो एतिहासिक जित दिलाउन सफल कप्तान इयोन मोर्गनले भने आफ्नो टोलीको ४ वर्षको मेहनतले उपाधि हात परेको बताए ।

उनले आफ्नो टोली पछिल्लो ४ वर्षमा यसैका लागि लागेको र त्यो पुरा भएको समेत उल्लेख गरे । इंग्ल्यान्डका लागि फाइनलमा नायक बनेका वेन स्टक्सले आफ्नो देशलाई एतिहासिक जित दिलाए पनि न्युजिल्यान्डका खेलाडीसँग भने माफ मागे ।

किनकी उनकै कारण न्युजिल्यान्ड लगातार दोस्रो पटक उपाधि उचाल्नबाट बञ्चित भएको थियो । सायद, यसैले होला क्रिकेटलाई ‘गेम अफ जेन्टलम्यान’ पनि भन्ने गरिन्छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ९ : ३६ बजे

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी– सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन्

एमाले महाधिवेशन : मतदान जारी

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व

झण्डै दोब्बरले बढ्यो घरजग्गा कारोबार, पुँजीगत लाभकर पनि दोब्बर

काठमाडौं– चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मंसिर महिनामा नेपालमा

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी