उदित नारायण झाको स्वरमा ‘होशमा बेहोसी’ | Khabarhub Khabarhub

उदित नारायण झाको स्वरमा ‘होशमा बेहोसी’


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – भारतमा समेत लोकप्रिय बनेका गायक उदित नारायण झाले लामो समयपछि नेपाली गीतमा स्वर दिएका छन् । उनले स्वर दिएको ‘होशमा बेहोशी’ हालै सार्वजनिक गरिएको छ ।

गीतको सबै काम मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । यस्तै गीतको भिडियोलाई निर्देशन र सम्पादन पनि सर्जक गौतमले नै गरेका हुन् ।

गीतको म्युजिक भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरिङ लगायत सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो । विजय गौतमको शब्द तथा संगीत रहेको उक्त गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन/सम्पादन पनि स्वयम् विजय गौतमले नै गरेका हुन् ।

गीत रेकर्डिङका क्रममा गायक झाले करियरमै सबैभन्दा मिठो गीत गाएको प्रतिक्रिया दिए । सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सत्याकृत ब्याण्डले भक्ति, प्रेम र सत्य भावका गीत संगीतहरु बजारमा सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : ४८ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार