डडेल्धुरा अस्पताल छाडेका ९ जना चिकित्सक कार्यक्षेत्र फर्किए « Khabarhub

डडेल्धुरा अस्पताल छाडेका ९ जना चिकित्सक कार्यक्षेत्र फर्किए


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काम गर्न असुरक्षित भएको भन्दै कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुरा अस्पतालका चिकित्सकहरु काममा फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यलयले चिकित्सकमाथी हातपात गर्ने व्यक्तिलाई पक्राउ गरी कानूनी कारबाही प्रक्रिया अघि बढाएसँगै चिकित्सकहरु जिल्ला फर्किएका हुन् ।

डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गरीरहेका चिकित्सकमाथि हातपात गरिएको भन्दै जिल्ला अस्पतालमा कार्यरत ९ जना चिकित्सकले  शुक्रबादेखि जिल्ला छाडेका थिए । उनीहरु नेपाल चिकित्सक संघले व्यवस्थापन गरेको धनगढीस्थित एक होटलमा बसिरहेका थिए ।

जिल्ला प्रहरी कार्यलयले चिकित्सकमाथि हातपात गर्नेलाई पक्राउ गरी कारबाही अघि बढाएपछि आफूहरु जिल्ला फर्किएको एक चिकित्सकले बताए ।

‘हामीमाथि हातपात गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर मुद्दा दर्ता गर्न लागेको छ । हाम्रो माग पनि हामीमाथि कार्यक्षेत्रमा हातपात गर्नेलाई कारबाही गर्नुपर्‍यो भन्ने नै हो,’ उनले भने, ‘उहाँहरुले दोषीलाई पक्राउ गरी हाम्रो सुरक्षाको जिम्मा लिने भएपछि हामी अस्पताल फर्कदै छौं । आज बेलुकासम्म अस्पताल पुग्छौं ।’

डडेल्धुरा अस्पतालमा गत असार २५ गते सवारी दुर्घटनामा परी मृत्यु एक व्यक्तिको पोष्टमार्टम गरिरहेका चिकित्सकमाथि मृतकका आफन्तले नै हातपात गरेका थिए ।

जिल्ला प्रहरी कार्यलय डडेल्धुराका अनुसार मदिरा सेवन गरी शव लिएर अस्पताल पुगेका मृतकका आफन्तले पोष्टमार्टमको काम ढिला गरेको भन्दै चिकित्सकलाई कार्यक्षेत्रमै अभ्रद व्यवहार गरेका थिए ।

प्रहरीले घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक स्थलमा चिकित्सकलाई अभ्रद व्यवहार गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ३९ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न