बाढी र पहिरोको कहर- ६७ जनाको मृत्यु, ३२ अझै बेपत्ता | Khabarhub Khabarhub

बाढी र पहिरोको कहर- ६७ जनाको मृत्यु, ३२ अझै बेपत्ता


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– लगातारको वर्षासँगैको बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा गरी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोका कारण ४३ जना घाइते भएका छन् भने ३२ जना अझै बेपत्ता छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार बाढी र पहिरोका कारण काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जनाको मृत्यु भएको छ ।

यस्तै, इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी कूल ६७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १–१ जना गरी १ हजार ४ सय ४५ को उद्दार गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी अझै पनि डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३–३ जना, महोत्तरी र मकवानपुरमा २–२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १–१ जना गरी ३२ जना वेपत्ता छन् ।

बाढी र पहिरोका कारण धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३–३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना लगायत गरी ४३ जना घाइते भएका छन् ।

पहिरो तथा बाढीको कारण बन्द भएकामध्ये केही ठाउँका सडक तथा बाटोहरु खुलाइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय समेतको पहलमा बाढीबाट अवरुद्ध भएका सडक तथा बाटो खुलाइएको छ ।

यद्यपि धेरै ठाउँमा अहिले पनि बाढी र पहिरोका कारण बोटो तथा सडकहरुमा अवरोध पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महोत्तरी वर्दिवासअन्तर्गत पूर्व पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा डाईभर्सन गरेको बाटो पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ । साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १ : ५६ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन