बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौंको अनियमितता, ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौंको अनियमितता, ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

करोडौं रकम अनियमितता गरेको भन्दै अख्तियारले प्रतिष्ठानका पदाधिकारी र सप्लायर्ससहित ८ आठ जना विरुद्ध आज (सोमबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेका हो ।

प्रतिष्ठानमा रहँदा दास सहित ८ जना कर्मचारीले व्यापक अनियमितता गरेको अख्तियारको ठहर छ । उपकुलपति दास र अन्य तहका कर्मचारीहरुको संलग्नतामा विभिन्न विषयमा व्यापक अनियमितता भन्दै अख्तियारमा उजुरी परेको थियो ।

प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (वीपी दास), अस्पतालका तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानमा वस्तु तथा सेवा खरिदमा भष्ट्राचार गरेका अख्तियारको दाबी छ ।

प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा सम्झौता गरी भुक्तानी समेत दिई तत्कालीन उपकुलपति बलभद्र प्रसाद दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा बढी रकम तिरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

यस्तै, तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले ३, करोड ७५लाख ३० हजार ६ सय १९ रुपैयाँ ७१ पैसा, तत्कालीन रजिष्टार नन्दकुमार थापाले १करोड ९६लाख ९ हजार ४ सय ५ रुपैयाँ बढीमा खरिद गरेको अख्तियारले जनाएको छ ।

यस्तै, अर्का रजिष्टार तुलबहादुर श्रेष्ठले ५६ लाख, ७७ हजार ४ सय ५ रुपैयाँ अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गरेर प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले प्रतिष्ठानका तत्कालिन उपकुलपति बलभद्र प्रसाद दासविरुद्ध ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा बिगो दाबी गरेको छ । यस्तै, तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हाविरुद्ध ३ करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैयाँ ७१ पैसा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापाविरद्ध १ करोड ९६ लाख ९ हजार ८ सय ८० र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार ४ सय ५ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अस्पतालका लेखा प्रमुख दिनेश राज दाहालविरुद्ध २ करोड ३४ लाख ८१ हजार ८ सय १९ रुपैयाँ ७१ पैसा तथा डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध १ करोड ७४ लाख १६ हजार २ सय रुपैयाँ बिगो दाबी गरिएको ५ ।

यस्तै, उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले  चेतन अग्रवालविरुद्ध १ करोड ४ लाख १६ हजार ७ सय ९७ रुपैयाँ र उमेश अग्रवालविरुद्ध ६० लाख ३६ हजार ३ सय ४३ रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ५ : ४१ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै