विलियम्सनको कप्तानीमा टिम अफ दि टुर्नामेन्ट घोषणा | Khabarhub Khabarhub

विलियम्सनको कप्तानीमा टिम अफ दि टुर्नामेन्ट घोषणा


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टिम अफ दि टुर्नामेन्ट घोषणा गरेको छ । सोमबार आईसीसीले घोषणा गरेको टिम अफ दि टुर्नामेन्टमा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले कप्तानीको भूमिका पाएका छन् ।

टिममा इंग्ल्याण्डका सर्वाधिक ४, न्युजिल्याण्ड, अष्ट्रेलिया र भारतका २-२ खेलाडी परेका छन् । टिममा बंगलादेशका एक खेलाडीमात्रै अटाएका छन् ।

टिममा कप्तान विलियम्सनसँगै जासन रोय, रोहित शर्मा, जोय रुट, शकिब अल हसन, बेन स्टोक्स, एलेक्स केरी (विकेटकिपर), मिचेल स्टार्क, जोफ्रा आर्चर, लक्की फर्गुसन, जस्प्रित बुम्राह रहेका छन् ।

टिमको १२ औं खेलाडीमा न्युजिल्याण्डका ट्रेण्ड बोल्ड छन् ।

आईसीसीले बनाएको पाँच सदसीय कमिटीले टिम घोषणा गरेको हो । कमिटीमा कमेन्टेटर इयान बिसप, इयान स्मिथ, इशा गुह, आईसीसीका प्रतिनिधि जियफ अल्लाडाइस र पत्रकार लरेन्स बुथ रहेका थिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : १२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय