प्रधानमन्त्री ओलीको सम्बोधनदेखि समकक्षी मोदीसँगको फोन वार्तासम्म « Khabarhub

प्रधानमन्त्री ओलीको सम्बोधनदेखि समकक्षी मोदीसँगको फोन वार्तासम्म


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘राष्ट्रिय सीमा सुरक्षामा सशस्त्र प्रहरी, भीआईपीको सुरक्षामा सेना’ शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ । तर, जनसंख्याको अनुपातमा चीनमा भन्दा दोब्बर र भारतमा भन्दा तेब्बर सेना नेपालमा रहेको उल्लेख गरेको छ ।

नेपाल भन्दा निकै ठूलो भूगोल भएका क्यानडा, अर्जेन्टिनाजस्ता मुलुकमा सेनाको संख्या यहाँ भन्दा निकै कम छ । शान्ति मिसनदेखि व्यापार र घरेलु कामदारसम्म ४१ हजार सैनिक खटिएका छन, ५५ हजार निष्क्रिय रहेको उल्लेख गरेको छ ।

त्यस्तै कास्मिरमा आतंकवादी आक्रमण, ४० भारतीय सुरक्षाकर्मीको मारिएको खबरलाई पनि पत्रिकाले पहिलो पृष्ठमा छापेको छ । आतंकवादी हमलाको भत्र्सना गर्दै प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर मृतक सुरक्षाकर्मीलाई श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै भ्रष्टाचारमा मुछिएका अख्तियार आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउने तयारी शीर्षको अर्को समाचार छापिएको छ भने एक वर्षमा समृद्धिको आधार खडा भयो भन्ने शीर्षकमा देशवासीका नाममा प्रधानमन्त्रीले गरेको सम्बोधनको समाचार छ ।

सरकार गठन भएको एक वष पुगेको अवसरमा विहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले अहिलेसम्म गरेका कामले आर्थिक समृद्धिको यात्रको आधार खडा गरेको बताएका थिए ।

त्यस्तै पत्रिकाले ओली सरकारको एक वर्ष शीर्षक दिएर सम्पादकीय समेत लेखेको छ । प्रधानमन्त्रीको एकवर्षे कार्यकाल भुलभुलैया र अलमलमा परेको यात्रुको जस्तो देखिएको छ । आशा गरौं आगामी वर्ष प्रधानमन्त्रीको कार्यशैली फेरिनेछ र देशले आशातीन उन्नति हासिल गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, विद्यार्थी चुनावका विषयमा पत्रिकाले ‘टर्दै स्ववियु निर्वाचन, चुनाव गराउन दलका नेता नै छैनन् सकारात्मक’ शीर्षकमा तेस्रो पृष्ठमा समाचार छापेको छ । परीक्षा प्रभावित हुने, वातावरण नमिलेको र विद्यार्थी संगठन पनि आन्तरिक समस्यामा रहेको भन्ने विभिन्न नेताहरुका तर्कलाई समेट्दै चुनाव नहुने आसयको समाचार छापेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : १४ बजे

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो