कञ्चनपुरमा फेरि भेटियो साढे ५ किलो सुन « Khabarhub

कञ्चनपुरमा फेरि भेटियो साढे ५ किलो सुन


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा फेरि साढे ५ किलो सुन बरामद भएको छ । बिहीबार दिउँसो ११ बजे पुनर्वासबाट प्रहरीले १८ किलो सुन बरामद गरेको थियो ।

प्रहरीले बिहीवार राति नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको हो । राति १ बजे स्थानीय लक्ष्मण तिरुवाको घरबाट सुन बरामद भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले खबरहबलाई जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहित स्थानीय प्रहरीको टोलीले बिहीवार दिउँसो पुनर्वास नगरपालिका–२ दशरथबस्ती बस्ने शंकर बिकको घरबाट १८ किलो सुन बरामद गरेको थियो ।

प्रहरीका अनुसार शंकर फरार छन् । उक्त सुन भारतबाट तस्करी गरेर नेपाल ल्याइएको प्रहरी स्रोतको दावी छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उक्त सुन रुपन्देहीको सुनौली नाका हुँदै कैलाली पुर्याइएको थियो । भारतीय नागरिकको लगानी भएको भनिएको सुन जिल्ला प्रहरी कार्यालय कैलालीमा सादा पोषाकमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवाले पुनर्वासस्थित शंकरको घर र शुक्लाफाँटास्थित आफ्नो घरमा लुकाएका थिए ।

प्रहरीले बिहीवार दिउँसो प्रहरी जवान सुरजको ससुराली घरबाट सुन बरामद गरेको थियो । सुन फेला परेपछि प्रहरी जवान सुरज र उनका भाइ लक्ष्मण प्रहरी हिरासतमा छन् ।

दुवैजनाको बयानका आधारमा शुक्लाफाँटास्थित उनीहरुको घरबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सबै गरेर २४ किलो सुन रहेकोमा अहिलेसम्म २३ किलो ६ सय ग्राम फेला परेको छ । बाँकी सुनको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : २० बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण