फ्राइडे रिलिज: हलमा स्वस्तिमाको ‘बुलबुल’ « Khabarhub

फ्राइडे रिलिज: हलमा स्वस्तिमाको ‘बुलबुल’


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिंगल तथा मल्टिप्लेक्स हलमा नेपाली फिल्म ‘बुलबुल’ रिलिज हुँदैछ ।

विनोद पौडेलले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका छ । फिल्ममा स्वस्तिमाले पत्नी, आमा तथा एक टेम्पो चालिकाको भूमिका निभाएकी छिन् । यो फिल्म निर्माणको औपचारिक घोषणापछि नै दर्शकमाझ प्रतीक्षित बनेको थियो ।

ट्रेलर तथा गीतका कारण फिल्मले रिलिजअघि नै बाक्लो चर्चा कमाएको छ । यद्यपि विदेशी फिल्मसमेत हलमा रिलिज भइरहेकाले फिल्मले मल्टिप्लेक्स हलमा धेरै स्किृन पाउन सकेको छैन ।

काठमाडौंका केही हलमा गत शुक्रवार रिलिज भएको फिल्म ‘समर लभ’ पनि चलिरहेको छ ।

अविरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गरेको यो फिल्ममा कथा तथा स्किृप्ट निर्देशक पौडेलकै रहेको छ ।

फिल्ममा स्वस्तिमा र मुकुनसँगै जोयश पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्ज्वल अधिकारी, एलिना कार्की लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १० : ०२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका