श्रम मन्त्रालयले सार्वजनिक गर्‍यो एक वर्षको प्रगति (पूर्णपाठ) « Khabarhub

श्रम मन्त्रालयले सार्वजनिक गर्‍यो एक वर्षको प्रगति (पूर्णपाठ)


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा योजना, न्युनतम पारिश्रमिक निर्धारण कार्यान्वयन, वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदेशस्तरबाट प्रवाह, वैदेशिक रोजगार सूचना प्रणालीलाई राखेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत मन्त्रालयले बनाएको मापदण्डमा सूचिकृत रोजगारदाताले कर्मचारी तथा श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी ३१ प्रतिशत बराबरको योगदान रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्नेछ ।

त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण कार्यान्वयन अन्तर्गत सरकारले देशभर लागू हुने गरी न्युनमत पारिश्रमिकको आधारमा दैनिक ज्याला ५ सय १७ रुपैयाँ र प्रतिघण्टा ज्याला ७० रुपैयाँ तोकिएको छ ।

फागुन १ गतेदेखि लागू भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम १०० दिन बराबरको रोजगारीको व्यवस्था सरकारले गर्ने कार्यक्रम तय भएको छ । रोजगारी उपलब्ध हुन नसके निर्वाह भत्ता वितरण गर्ने सरकारको तयारी छ ।

मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणको पूर्णपाठ हेर्नुहोस्

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १० : ४५ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका