सरकारले एक वर्षमा जनमतको कदर गरेन : डा. भट्टराई « Khabarhub

सरकारले एक वर्षमा जनमतको कदर गरेन : डा. भट्टराई


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले दुई तिहाइ मतसहितको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

पोखरामा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा भट्टराईले जनताले दिएको म्यान्डेडलाई सरकारले अघि बढाउन नसकेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री भट्टराईले जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्ने गरी काम गर्न सरकारलाई सुझाव पनि दिए । अहिलेका काम सामान्य क्रमिक विकासका क्रममा अघि बढेकारले देशको अर्थतन्त्र मजबुद नबनेको बताए ।

गरीबी, बेरोजगारीको समस्या समाधानका लागि औषत प्रतिव्यक्ति आय १० हजार डलर पुर्‍याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको भन्दै उनले सरकारले लिएको समृद्धिको अभियानलाई सफल बनाउन निजी क्षेत्रको विश्वास जित्दै लगानीको वातावरण बढाउनुपर्ने बताए ।

समृद्धिका लागि सडक पूर्वाधार विकास आवश्यक रहेकाले तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने गरी कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव पनि दिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : ४५ बजे

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)

प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा