‘कर्ली कर्ली कपाल’ मा निरुतासँग भुवन र अनमोलको ठुम्का (भिडियो) « Khabarhub

‘कर्ली कर्ली कपाल’ मा निरुतासँग भुवन र अनमोलको ठुम्का (भिडियो)


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युवापुस्तामाझ लोकप्रिय अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘क्याप्टेन’ को गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको ‘कर्ली कर्ली कपाल’ बोलको गीतमा अनमोल केसी, निरुता सिंह र भुवन केसीले नाचेका छन् ।

मेलिना राई र एसडी योगीको आवाज रहेको यो गीतलाई हर्क शाउद र मनिष ढकालले लेखेका हुन् । सविन शाक्यको कोरियोग्राफी रहेको यो गीतलाई केही दिनअघि ललितपुरको एक पार्टी प्यालेसमा खिचिएको थियो ।

गीतलाई नवराज उप्रेतीले खिचेका हुन् भने सुदीप बरालको डीओपी छ ।

स्पोर्टस् जानरामा निर्माण भएको फिल्म ‘क्याप्टेन’ मा दीर्घ खड्काको सम्पादन, भुवन केसीको निर्माण, दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

यस्तै फिल्ममा सुनील थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, बुद्धि तामाङ, उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतका कलाकारको अभिनय छ ।

फिल्म फागुन १७ गतेबाट रिलिज हुँदैछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  २ : ०७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले