अब सरकारको कामले गति लिन्छः मन्त्री पोखरेल | Khabarhub Khabarhub

अब सरकारको कामले गति लिन्छः मन्त्री पोखरेल


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानून र संरचना तयार हुने वित्तिकै सरकारको कामले तीव्रता पाउने बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘वृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रीत हुनु परेकाले सरकारको कामले गति लिन नसकेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रित हुनु परेकाले सरकारको कामले गति लिन नसकेको  पनि स्पष्ट पारे ।उनले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै विकास निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।

उनले कर्णाली प्रदेशलाई ‘सुन सिरानी हालेर नुनको खोजी गरिरहेको’ प्रदेशको रुपमा चित्रण गर्दै अब त्यहाँको विकासमा सबै राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आवश्यता रहेको औल्याए ।

३ दिनसम्म चल्ने प्रर्दशनीमा कर्णाली अञ्चलका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका वस्तुहरु राखिएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : ०७ बजे

मोटरसाइकलको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु

रौतहट – मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एक महिलाको ज्यान गएको

प्रेस काउन्सिलको वार्षिकोत्सवमा पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक

काठमाडौँ – प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क – परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि

भारतमा एक नेपालीको मृत्यु

कञ्चनपुर – भारतको एक तालमा डुबेर एक नेपालीको ज्यान गएको

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ यही असोज