अब सरकारको कामले गति लिन्छः मन्त्री पोखरेल « Khabarhub

अब सरकारको कामले गति लिन्छः मन्त्री पोखरेल


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानून र संरचना तयार हुने वित्तिकै सरकारको कामले तीव्रता पाउने बताएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘वृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रीत हुनु परेकाले सरकारको कामले गति लिन नसकेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रित हुनु परेकाले सरकारको कामले गति लिन नसकेको  पनि स्पष्ट पारे ।उनले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै विकास निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।

उनले कर्णाली प्रदेशलाई ‘सुन सिरानी हालेर नुनको खोजी गरिरहेको’ प्रदेशको रुपमा चित्रण गर्दै अब त्यहाँको विकासमा सबै राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आवश्यता रहेको औल्याए ।

३ दिनसम्म चल्ने प्रर्दशनीमा कर्णाली अञ्चलका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका वस्तुहरु राखिएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : ०७ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका