पाकिस्तानले कडा जवाफको अपेक्षा गरोस् : मोदी | Khabarhub Khabarhub

पाकिस्तानले कडा जवाफको अपेक्षा गरोस् : मोदी


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कार बम आक्रमणमा भारत प्रशासित कश्मीरमा करिब ५० भारतीय सुरक्षा बलका सैनिकको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई भारतको कडा जवाफको प्रतिक्षा गर्न चेतावनी दिएका छन् ।

‘‘हामी यस आक्रमणको कडा जवाफ दिनेछौँ । कुनै पनि छिमेकीलाई हामी हाम्रो मुलुकलाई अस्थीर बनाउन दिनेछैनौँ ।’’ आक्रमणपछि बसेको भारतीय मन्त्रीपरिषद्को सुरक्षा बैठकपछि मोदीको यस्तो भनाई आएको हो ।

हिजो भएको आक्रमणमा भारतीय सुरक्षा बल सिआरपिएफका ४४ सैनिककको ज्यान गएको थियो । कश्मीरमा सक्रिय अतिवादी संगठन जैश ए मोहम्मदले आक्रमणको जिम्मा लिएको थियो । जैश ए मोहम्मद पाकिस्तानमा आधार बनाएर बसेको बताइन्छ ।

सुरक्षा बैठकपछि भारतीय गृहमन्त्री राजनाथ सिंह घटनास्थलतर्फ लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच आक्रमणका विषयलाई लिएर भारतले दिल्लीस्थित पाकिस्तानी कुटनीतिज्ञलाई बोलाएर कश्मीरमा भएको बम विष्फोटनका विषयमा परामर्श गरेका छन् भने दिल्लीस्थित दूतावासमा कडा सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : ३० बजे

भारत र इङ्गल्यान्डको टेस्ट रोमाञ्चक मोडमा : एकै दिन १४ विकेट गयो

काठमाडौं – एकै दिन १४ विकेट पतन भएपछि भारत र

चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

न्यु जर्सी – यस वर्ष सानदार फर्ममा रहेको (पिएसजी) लाई

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

आज २०८२ साल असार ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३० गते सोमबार। साउन

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन