अक्टोबर यता दादुराका कारण करिब १ हजारको मृत्यु « Khabarhub

अक्टोबर यता दादुराका कारण करिब १ हजारको मृत्यु


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफ्रिकाको तटपारी हिन्दमहासागरमा अवस्थित मुलुक मदागस्करमा गत अक्टोबर यता दादुराका कारण करिब १ हजार बालबालिकाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको खोप कार्यक्रमकी प्रतिनिधि कट्रिना क्रेट्सिङ्गरका अनुसार आधिकारिक तथ्याङ्क अनुसार मदागस्करमा गत अक्टोबरयता ९ सय ७७ जना बालबालिकाको ज्यान गएको जनाएकी हुन् ।

उनले त्यो सङ्ख्या अझै धेरै हुनसक्ने समेत जनाइन्  त्यसबाहेक मदागस्करमा अरु ६६ हजारभन्दा धेरै बालबालिका दादुराबाट संक्रमित रहेको क्रेट्सिङ्गरको भनाइ छ ।

अफ्रिकाको सबैभन्दा गरिब मध्येको एक मुलुक मदागस्करमा खोप कार्यक्रम प्रभावकारी हुन नसकेका कारण दादुरा लगायतका रोगको महामारी बढेको बताइन्छ ।

मदागस्करमा अफ्रिकाका सबैभन्दा धेरै ४७ प्रतिशत बालबालिका कुपोषणको मारमा रहेको बताइन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : ११ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा