अक्टोबर यता दादुराका कारण करिब १ हजारको मृत्यु « Khabarhub

अक्टोबर यता दादुराका कारण करिब १ हजारको मृत्यु


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफ्रिकाको तटपारी हिन्दमहासागरमा अवस्थित मुलुक मदागस्करमा गत अक्टोबर यता दादुराका कारण करिब १ हजार बालबालिकाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको खोप कार्यक्रमकी प्रतिनिधि कट्रिना क्रेट्सिङ्गरका अनुसार आधिकारिक तथ्याङ्क अनुसार मदागस्करमा गत अक्टोबरयता ९ सय ७७ जना बालबालिकाको ज्यान गएको जनाएकी हुन् ।

उनले त्यो सङ्ख्या अझै धेरै हुनसक्ने समेत जनाइन्  त्यसबाहेक मदागस्करमा अरु ६६ हजारभन्दा धेरै बालबालिका दादुराबाट संक्रमित रहेको क्रेट्सिङ्गरको भनाइ छ ।

अफ्रिकाको सबैभन्दा गरिब मध्येको एक मुलुक मदागस्करमा खोप कार्यक्रम प्रभावकारी हुन नसकेका कारण दादुरा लगायतका रोगको महामारी बढेको बताइन्छ ।

मदागस्करमा अफ्रिकाका सबैभन्दा धेरै ४७ प्रतिशत बालबालिका कुपोषणको मारमा रहेको बताइन्छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : ११ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको