उखुको मूल्य निर्धाण गर्न सांसदको माग « Khabarhub

उखुको मूल्य निर्धाण गर्न सांसदको माग


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाै‌ं– राष्ट्रियसभाका सांसदले सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदले सरकारले समयमै उखुको उचित मूल्य नतोक्दा किसान मर्कामा परेको भन्दै जतिसक्दो चाँडो मूल्य निर्धारण गर्नुपर्ने माग गरेका हुन् ।

सांसद बलरामप्रसाद बाँस्कोटाले कृषि र उद्योग मन्त्रालयबीच समन्वय नहुँदा देशभरका उखु किसान मर्कामा परेको भन्दै समन्वयका साथ अगाडि बढ्न आग्रह गरे । सांसद धनकुमारी खतिवडाले भूकम्प गएको चार वर्ष वितिसक्दासमेत भूकम्प प्रभावित जिल्लाका जनता अहिलेसम्म पनि त्रिपालमुखी बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रकाश पन्थले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उच्च अधिकारी नै भ्रष्टाचारमा संलग्न भएको भन्दै भ्रष्टाचार अन्त्य गरिनुपर्नेमा जोड दिए । सांसद नन्द चपाइँले सुर्खेत जिल्लाका ग्रामीण स्थानमा अहिलेसम्म पनि बाटो पुग्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ६ : ५९ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र