नेकपा नेताको दाबी– सरकारको कामले जनतामा आशा जाग्यो | Khabarhub Khabarhub

नेकपा नेताको दाबी– सरकारको कामले जनतामा आशा जाग्यो



केपी शर्मा ओली नेतृत्व सरकारको यो पहिलो वर्ष ठीक दिशातर्फ अघि बढेको आधार वर्ष रह्यो । यसकै आधारमा आगामी वर्षहरुमा सरकारको यात्रा तय हुनेछ । संघीयता कार्यान्वयन, कानूनको निर्माणलगायतमा सरकार केन्द्रीत भएको थियो ।

विरोधीहरु र केही मिडियाले सरकारले काम गरेन भनेर जुन मिथ्यांक प्रस्तुत गरेका छन्, त्यो गलत हो । सामान्यरुपमा भन्नुपर्दा सरकारले धेरै काम गरेको छ र जनतामा आशा जागेको छ । केहीले सरकारले काम नगरेको र नेकपाभित्रको आन्तरिक विवादका कारण समस्या उत्पन्न भएको मिथ्या आरोप पनि लगाएका छन् । पार्टीभित्रका समस्या आन्तरिक हुन् यसले सरकारको निर्भरता र राष्ट्रिय राजनीतिमा केही असर गर्दैन । फरक पृष्ठभूमीबाट आएका नेता कार्यकर्ताबीच केही सामान्य समस्या देखिएका छन् जुन चाँडै सुल्झन्छ ।

हामी तीन तहको सरकारको अभ्यासका क्रममा पहिलो पटक गएका छौं । जसका कारण केही समस्या देखिनु सामान्य कुरा हो । पहिलो त कानूनका अभावमा पनि समस्या देखिएका थिए । प्रदेश, स्थानीय र केन्द्रबीचको समस्याहरुलाई सरकारले धेरैहदसम्म सुल्झाइसकेको छ बाँकी समस्याहरु केही महिनाभित्र ऐन बनेपछि सुल्झनेछन् ।

यसवर्ष केही नयाँ उद्योग दर्ता भएका छन् र नागरिकहरु स्वदेशमै रोजगारीमा ‘इन्गेज’ भएका छन् । जसका कारण विदेशमा रोजगारीका लागि जानेको संख्या ३९ प्रतिशतले घटेको छ । देशमै रोजगारीका अवसरहरु सिर्जना भएका छन् । स्थीर सरकार बनेसँगै मानिसहरुमा अपेक्षा जागृत भएको छ ।

पर्यटन क्षेत्रमा पनि सुधार आएको छ । १२ लाख पर्यटक आएका छन् । विद्युत उत्पादन बढेको छ । जनताको जीवनस्तरमा सुधार आएको छ । कृषि क्षेत्रमा उत्पादन बढेको छ । कृषि क्षेत्रमा उत्पादन यसकारण बढेको छ कि सरकारले सहजकर्ताको भूमिका कुशलतापूर्वक निर्वाह गरको छ । मलखाद तथा अन्य क्षेत्रको जोहोपनि सहीरुपमा भएका कारण यो सफल भएको हो । अर्को महत्वपूर्ण कुरा कर्मचारी समयोजनको महत्वपूर्ण कार्य गर्नुपर्ने दायित्व सरकारको थियो । अहिले समायोजन धमाधम हुँदैछ । ऐनहरु बनिसके । यो एउटा महत्वपूर्ण र जटिल काम सरकारले गरेको छ ।

शुशासन, स्थिरता, सुरक्षा लगायतमा सरकार सफलता तर्फ अघि बढिरहेको छ । केहीले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनलाई देखाएर सरकारलाई भ्रष्ट देखाउन खोजिरहेका छन् । तर नेपाल भ्रष्टहरुको देश १२४ मा पर्ने भनि ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन वर्तमान सरकारको पालको होइन । अघिल्लो सरकारको पालाको रिपोर्ट अहिले सार्वजनिक भएको हो ।

सरकारले तुइन विस्थापन निरन्तर गरिरहेको छ, सडकहरु बनिरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, पोखरा र निजगढको काम द्रुत गतिमा भइरहेको छ ।

सरकारले पराराष्ट्र र कुटनीतिको क्षेत्रमा सुधार गरेको छ । सम्बन्धहरु नयाँ ढंगमा विकसित भएका छन् । भारत, चीनसँग मात्र होइन अन्य देशहरुसँग पनि नेपालको राम्रो सम्बन्ध स्थापित भएको छ । नेपाल अरुदेशले ‘मार्क’ गर्ने अवस्थामा पुगेको छ, त्यो सरकारको र समग्रमा देशको उपलब्धि हो ।

हामी नेपालको हितलाई ख्यालमा राखेर परराष्ट्र सम्बन्धहरुमा काम गरिरहेका छौं । ‘ब्लु इकोनोमी’ का लागि बंगालको खाडी क्षेत्रको प्रयासलाई सकारात्मक रुपमा लिएको छ र यो कार्यान्वयनको चरणमा रहको छ । एसिया प्यासिफिक समिटलाई लिएर सरकारको आलोचना गर्ने काम पनि नभएका होइनन्, अनावश्यक चर्चा गरेर सरकारलाई बदनाम गर्ने प्रयास भएको हो । विदेशी आउँदा स्वागत गर्नु अस्वभाविक कुरा थिएन ।

विभिन्न देशका सरकार प्रमुख र राष्ट्रप्रमुख आउँदा देशलाई घाटा पुग्दैन बरु पर्यटन क्षेत्र, लगानीको क्षेत्रमा यसले सहयोग पुर्‍याएको छ ।

भारतसँग हामीले इपीजीको प्रतिवेदन बुझाउन चाहेका थियौं तर त्यो भइरहेको छैन । हामी चाहाथ्यौं इपीजीका सबै ८ जना पहिले भारतका प्रधानमन्त्रीलाई त्यसपछि दोस्रोमा नेपालका प्रधानमन्त्रीलाई प्रतिवदेन बुझाएर पत्रकार सम्मेलन गर्न चाहान्थ्यौं, त्यो हुन सकेको छैन । तर अब चाँडै नै यो समस्या पनि समाधान हुन्छ ।

(प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार समेत रहेका नेकपाका नेता डा. भट्टराई गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : ३४ बजे

अरुण नदीमा पुनः सञ्चालनमा आयो

किमाथांका– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको

बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मन्त्रालयको चेतावनी

काठमाडौं– स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा

उपनिर्वाचनमा सहयोग पुर्‍याउन निर्वाचन आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ,

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौं– सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार बसेको

सत्ता समीकरणमा कुनै समस्या छैन् : गृहमन्त्री लामिछाने

काठमाडौं– गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले सत्ता