नेपाल नर्सिङ परिसद्‍को ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी | Khabarhub Khabarhub

नेपाल नर्सिङ परिसद्‍को ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ परिषद्को आगामी भदौ २८ गते हुने परिषद् सदस्य पदको निर्वाचनका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले साउन २६ गते सम्ममा उम्मेदवारी दिएका ८ जनाको नाम प्रकाशित गरेको हो । काउन्सिलको सदस्य पदका लागि उम्मेदवारी दिने नर्सहरुमा सरला केसी, जीता बराल, तारा शाह, कृष्ण कुमारी पौडेल, तुलसा देवी अधिकारी, सिता कार्की, रिना श्रेष्ठ र मिश्र कुमारी देवकोटा रहेका छन् ।

काउन्सिलको सदस्य पदमा निर्वाचित हुन नर्सिङ विषयमा ३ वर्षको डिप्लोमा नर्सिङ, वा मिडवाइफरी विषयमा  डिप्लोमा वा प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने, नर्सिङ क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव हुनुपर्ने, नेपाल नर्सिङ संघको आजीवन तथा साधारण सदस्याता प्राप्त गरेको हुनुपर्ने र नर्सिङ क्षेत्रमै कार्य गरेको हुनुपर्ने प्रावधान छ ।

नेपाल नर्सिङ काउन्सिलमा १५ सदस्यीय समिति हुने व्यवस्ता रहेपनि हाल पदाधिकारसिहत ८ जना मात्र छन् । ८ महिनाअघि देखि ३ जना सदस्यको पद रिक्त भएपछि काउन्सिलले निर्वाचनको घोषणा गरेको हो ।

काउन्सिलको आगामी भदौ २८ गते हुने निर्वाचनमा नेपाल नर्सिङ संघका आजिवन तथा साधारण सदस्यहरुले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । काउन्सिलको निर्वाचनमा संघमा आवद्ध १२ हजार ४१ जना नर्सहरुले मतदान गर्न पाउनेछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १ : १४ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज