नेपाल नर्सिङ परिसद्‍को ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी « Khabarhub

नेपाल नर्सिङ परिसद्‍को ३ सदस्यका लागि ८ जनाको उम्मेदवारी


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ परिषद्को आगामी भदौ २८ गते हुने परिषद् सदस्य पदको निर्वाचनका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले साउन २६ गते सम्ममा उम्मेदवारी दिएका ८ जनाको नाम प्रकाशित गरेको हो । काउन्सिलको सदस्य पदका लागि उम्मेदवारी दिने नर्सहरुमा सरला केसी, जीता बराल, तारा शाह, कृष्ण कुमारी पौडेल, तुलसा देवी अधिकारी, सिता कार्की, रिना श्रेष्ठ र मिश्र कुमारी देवकोटा रहेका छन् ।

काउन्सिलको सदस्य पदमा निर्वाचित हुन नर्सिङ विषयमा ३ वर्षको डिप्लोमा नर्सिङ, वा मिडवाइफरी विषयमा  डिप्लोमा वा प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने, नर्सिङ क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव हुनुपर्ने, नेपाल नर्सिङ संघको आजीवन तथा साधारण सदस्याता प्राप्त गरेको हुनुपर्ने र नर्सिङ क्षेत्रमै कार्य गरेको हुनुपर्ने प्रावधान छ ।

नेपाल नर्सिङ काउन्सिलमा १५ सदस्यीय समिति हुने व्यवस्ता रहेपनि हाल पदाधिकारसिहत ८ जना मात्र छन् । ८ महिनाअघि देखि ३ जना सदस्यको पद रिक्त भएपछि काउन्सिलले निर्वाचनको घोषणा गरेको हो ।

काउन्सिलको आगामी भदौ २८ गते हुने निर्वाचनमा नेपाल नर्सिङ संघका आजिवन तथा साधारण सदस्यहरुले मात्रै मतदान गर्न पाउने व्यवस्था छ । काउन्सिलको निर्वाचनमा संघमा आवद्ध १२ हजार ४१ जना नर्सहरुले मतदान गर्न पाउनेछन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १ : १४ बजे

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित