कश्मीरी नेतालाई दिल्लीमा पक्राउ गरेर कश्मीर फर्काइयो « Khabarhub

कश्मीरी नेतालाई दिल्लीमा पक्राउ गरेर कश्मीर फर्काइयो


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली- निकै ख्यातिप्राप्त कर्मचारीबाट भारत नियन्त्रित कश्मीरका नेता बनेका शाह फैसललाई भारतको राजधानी दिल्लीबाट नियन्त्रणमा लिएर कश्मीर फिर्ता पठाइएको छ।

भारतले कश्मीरलाई दिँदै आएको विशेष अधिकारको अन्त्य गर्ने विवादास्पद निर्णय गर्नुपूर्व नियन्त्रणमा लिइएका केही नेताहरू मध्येमा उनी पनि पर्थे। उनी दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेको बताइएको छ।

मङ्गलवार बीबीसीको ‘हार्ड टक’ कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले “दिनदहाडै संविधानको हत्या गरिदिएको” बताएका थिए। भारत सरकारले भने संविधानको प्रावधान अनुरुप नै कदम चालेको बताउँदै आएको छ।

समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार टर्की जानका लागि विमान चढ्न लागेका बेला उनलाई नियन्त्रणमा लिइएको थियो। भारत नियन्त्रित कश्मीरमा उनलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन।

केही स्थानीय सञ्चार माध्यामहरुले भने उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको बताएका छन्।

सन् २००९ मा भारतको सरकारी जागिरका लागि भएको परीक्षामा प्रथम हुने उनी पहिलो कश्मीरी थिए। उक्त परीक्षा निकै कठिन हुने बताइन्छ। गत जनावरीमा उनले सरकारी सेवाबाट राजीनामा दिएर आफ्नै राजनीतिक दल गठन गरेका थिए। बीबीसीबाट

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ०५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र