वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा « Khabarhub

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेल वर्षाका कारण प्रभावित भएको छ । कोलकातास्थित इडेन गार्डेन्समा वर्षाले खेल अगाडि बढ्न नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले ३.४ ओभरमा २ विकेट गुमाएर २५ रन बनाउँदा वर्षा सुरु भएको थियो । त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि अम्पायरले खेल रद्द गर्ने निर्णय लिएका हुन् ।

यो नतिजासँगै पञ्जाब किंग्स ३ खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघिका दुई खेलमा पञ्जाबले जित हात पारेको थियो ।

यता, सिजनको सुरुवाती दुई खेलमा पराजित भएको कोलकाताले भने वर्षाको मद्दतले पहिलो अंक जोडेको छ । ३ खेलबाट १ अंक जोडेको कोलकाता तालिकाको आठौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ६ : १४ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६