नेयमारका लागि गरिएका प्रस्ताव अस्वीकार ! | Khabarhub Khabarhub

नेयमारका लागि गरिएका प्रस्ताव अस्वीकार !


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले ब्राजिली स्टार नेयमारका लागि दुई स्पेनिस क्लबले राखेको प्रस्ताव अस्वीकार गरेको छ । नेयमार भित्राउन स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडले राखेको प्रस्तावलाई फ्रान्सेलीले क्लबले अस्वीकार गरेको हो ।

नेयमारका लागि पुर्व क्लब बार्सिलोनाले सय मिलियन युरोसंगै फिलिप कौटिन्होलाई प्रस्तावमा राखेको थियो । इभान राकिटिकलाई समेत नेयमारको बिषयमा सम्झौता गर्न सकिने बताएको थियो ।

यता रियल मड्रिडले ग्यारेथ वेल र जेम्स रोड्रिग्वेजसंगै बाँकी मुल्य नेयमारका लागि तिर्न सकिने प्रस्ताव राखेको थियो । पीएसजीले भिनिसियस जुनियरको बिषयमा रियलसंग प्रश्न गरेको थियो । तर रियलले नेयमार ल्याउने बिषयमा भिनिसियसको नाम समावेश गरेन ।

दुवै क्लबको प्रस्तावलाई पीएसजीले अस्विकार गरेको छ । तर पीएसजी नेयमारलाई रियलमा बेच्न चाहेको छ । नेयमार क्लब फुटबलको सर्वाधिक महङ्गो खेलाडीको रुपमा गत सन् २०१७ मा पीएसजी गएका थिए । उनले पछिल्ला दुई सिजन ३४ गोल गरेका थिए । तर उनी पछिल्लो एक सिजन चोटका कारण धेरै समय मैदान बाहिर रहे ।

नयाँ सिजनको पहिलो खेलमा पीएसजीका प्रसंसकले नेयमारको विरुद्वमा नाराबाजी गरेका थिए । उनीहरुले क्लब छाडेर जान नेयमारलाई आग्रह गररेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : १० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई