नेवार समुदायले क्वाँटी पुन्ही मनाउँदै « Khabarhub

नेवार समुदायले क्वाँटी पुन्ही मनाउँदै


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रावण शुक्ल पूर्णिमाका दिन आज नेवार समूदायले गुंपुन्ही वा क्वाँटी पुन्ही मनाउँदै छन् ।

नेवार समुदायमा गुंपुन्ही वा क्वाँटी पुन्ही भनेर ११ थरीका गेडागुडी भिजाएर पलाएको टुसासहित क्वाँटी खाने चलन छ ।

स्वस्थ मानिसले क्वाँटी खानाले प्रोटिनको मात्रा पुग्छ । शरीर पुष्ट हुन्छ । मौसमअनुसार शरीरको तापमान ठीक रहन्छ भन्ने वैज्ञानिक मान्यता छ । क्वाँटीले कफ, पित्त, वायु सन्तुलनमा रहन्छ भन्ने आयुर्वेदमा रहेको वैद्यराज सुवर्ण वैद्य (जयबागेश्वरी) जानकारी दिए ।

वटु नाथेश्वर गुठीका भाइकाजी महर्जनका अनुसार बौद्धमार्गी भगवान् बुद्धले कामशक्तिमाथि विजय पाएको दिनका रूपमा यो दिन मनाइन्छ । यो दिन स्वयम्भू, बौद्ध, नमोबुद्ध, लुम्बिनी, धन्दोचैत्य बौद्ध विहारमा पूजन हुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : २२ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै