साहित्यकार मदनमणी दीक्षितको निधन | Khabarhub Khabarhub

साहित्यकार मदनमणी दीक्षितको निधन


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साहित्यकार मदनमणी दीक्षितको निधन भएको छ । दीक्षितको ९७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सन्ताका रूपमा गैरीधारा, काठमाडौंमा जन्मिएका थिए । उनको साहित्यिक विकासमा ठूलो योगदान रहेको छ ।

उनको पहिलो रचनाका रूपमा वि.सं. २०१९ मा रूपरेखामा ‘कसले जित्यो कसले हार्‍यो’ शीर्षक कथा प्रकाशित भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे ।

उनका प्रकाशित केही कृति
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, वि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो? (कथा संग्रह, वि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान
१३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)

उनले समीक्षा (साप्ताहिक)को सम्पादक भएर काम गरे भने उनका कथा, लेख, निबन्ध आदि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन् ।

बि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान आदिबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : ३८ बजे

‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली

काठमाडौं- आकाशमा चक्कर लगाउन ‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड

पाटन– सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत 

काठमाडौं– नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र

प्रचण्डको स्पष्टीकरण : नेकपाका संरचना अपूरा छन्, विधानअनुसार समावेशी बनाउँदै जान्छौं  

काठमाडौं– नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा