जलाशय र शक्तिपीठहरुमा जनै आमन्त्रण गरिँदै | Khabarhub Khabarhub

जलाशय र शक्तिपीठहरुमा जनै आमन्त्रण गरिँदै


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– श्रावण शुक्ल पूर्णिमा(जनै पूर्णिमा)का अवसरमा बिहीबार पोखरा र आसपासका जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिएको छ ।

वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्ष बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।

आजको दिन नयाँ जनै लगाउनका लागि तागाधारीले बिहानै उठी स्नान गरी गुरु पुरोहितद्वारा वैदिक मन्त्रोच्चारण सहित सप्त ऋषिलाई तर्पण गरी जल सेचन गराइएको जनैलाई धारण गर्ने परम्परा रहेको शुक्लागण्डकी नगरपालिका वडा नं ९ का घनश्याम भट्टराईले जानकारी दिए ।

यस दिन तागाधारीले पुरानो जनै फुकाली आजै आमन्त्रण गरिएको नयाँ जनै फेर्ने प्रचलन रहेको उनले बताए ।  कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र बसिष्ठ लगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषि तर्पणीका रुपमा लिने गरिन्छ ।

गुरु पुरोहितबाट हातमा रक्षाबन्धन बाँध्नाले वर्षभर शरीरको रक्षा हुने जनविश्वास छ । गुरु पुरोहितले ‘येनबद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वं प्रतिबध्नामी रक्षेमा चल मा चल’ मन्त्रोच्चारण सहित यजमानको नाडीमा रक्षबन्धन गर्ने चलन रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने जनविश्वासले पनि यस पर्वको महत्व रही आएको बताइन्छ ।

आजको दिन केराउ, भटमास, सिमि, बोडी, मास, चना, मस्याङ लगायतका नौ थरिका गेडागुडी मिसाएको क्वाँटी खाने गरिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ११ : २१ बजे

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले

बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै

चितवन – रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित

सिरहा – सिरहा नगरपालिकामा गत माघ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत

सामाजिक सञ्जाल नियन्त्रण गर्ने तयारीमा सरकार, ४ वर्षदेखि फेसबुकमाथि प्रतिबन्ध लगाएको युगाण्डाबाट के सिक्ने ?

काठमाडौं– सरकारले फेसबुकलगायत सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन जारी गरेको

रिहा भएपछि ज्ञानेन्द्र शाहीले भने : भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्न सफल भयौं

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीहरूको