जनैपूर्णिमाको विशेष परिकार क्वाँटी खाँदा यस्ता रोगबाट बच्न सकिन्छ | Khabarhub Khabarhub

जनैपूर्णिमाको विशेष परिकार क्वाँटी खाँदा यस्ता रोगबाट बच्न सकिन्छ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज (बिहीबार) श्रावण शुक्ल पूर्णिमा, अर्थात जनैपूर्णिमा । जनैपूर्णिमालाई रक्षा बन्धनको दिनसँगै क्वाँटी खाने दिनका रुपमा पनि लिइन्छ । आजकै दिनमा विशेष परिकारको रुपमा भिजाएर टुसा उमारिएको गेडागुडीलाई क्वाँटीको रुपमा खाने चलन पनि रहेको छ ।

क्वाँटी भनेको गेडागुडीलाई तातो र झोलिलो बनाएर खानु हो । आज क्वाँटी खानको लागि हरेक नेपालीहरुले आफ्नो घरमा दुई दिन अघिदेखि नै गेडागुडी भिजाएर टुसा उमारेका हुन्छन् । क्वाँटीमा मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी बकुल्लो लगायतका ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ ।

आजको दिन प्राय हरेक नेपालीको घरमा क्वाँटी पाक्ने गर्छ । सायद तपाईंले पनि क्वाँटी पकाएर खाइसक्नु भयो होला । तपाईले खाएको क्वाँटीको फाइदा तपाईंलाई थाहा छ ? थाहा पाइराख्नुस् क्वाँटी खानु स्वास्थ्यका लागि निकै लाभदायीक छ ।

यस्तो छ क्वाँटी खानुको फाइदा

– क्वाँटीमा भिटामिन ए, बी र सिको मात्रा प्रचुर मात्रामा हुन्छ,

– क्वाँटी खादा कब्जियत, पाइल्स, फिस्टुला, फिसल लगायतको रोगबाट छुट्करा पाइन्छ,

– क्वाँटी नियमित खाएमा घाउहरु चाँडै निको हुन्छ,

– तौल नियन्त्रण गर्छ,

– हर्मोन उत्पादनमा सहयोग पुर्‍याउँछ,

– हड्डी कमजोर हुने समस्याबाट राहात मिल्छ,

– महिनावारी हुनुभन्दा अगाडी सेवन गर्दा पेटदुख्ने समस्याबाट राहत मिल्छ,

– मधुमेह, बाथ, मुटु तथा रक्तनली सम्बन्धी रोगहरु लाग्नबाट बचाउँछ,

– रोग प्रतिरोधात्मक शक्ति बढाउछ,

– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ,

– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ,

– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ,

– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ,

– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ,

– पाचनशक्तिमा सुधार ल्याउँछ,

– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।

 

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ११ : ५८ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः