इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला « Khabarhub

इतर पक्षका कांग्रेसी नेता गोल्फुटारमा भेला


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा इतर समूहको बैठक गल्फुटारमा सुरु भएको छ । बैठकमा पार्टीका शीर्ष नेताहरूको बाक्लो उपस्थिति रहेको छ ।

बैठकमा सहभागी हुन कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र डा. शशांक कोइराला, तथा नेता कृष्णप्रसाद सिटौला गल्फुटार पुगेका छन् ।

त्यसैगरी, पूर्वसहमहामन्त्री डिना उपाध्याय, पूर्वप्रवक्ता डा. प्रकाशशरण महत, पूर्वगृहन्त्री रमेश लेखक, र पूर्व केन्द्रीय सदस्यहरू एनपी साउद एवं मोहन बस्नेत पनि बैठकमा उपस्थित छन् ।

बैठकमा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्वसञ्चार विभाग प्रमुख मीन विश्वकर्मा, पूर्वमुख्यसचिव कृष्णप्रसाद पौडेल र पूर्व अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाको समेत सहभागिता रहेको छ ।

आजको बैठकमा विशेषगरी पार्टीको भर्खरै सातै प्रदेशमा सम्पन्न भएका भेलाहरूको विस्तृत समीक्षा र आगामी भावी रणनीतिका विषयमा गहन छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार इतर समूहले देशव्यापी रूपमा राष्ट्रिय भेला गर्ने तयारी गरिरहेको र आजको बैठकमा उक्त राष्ट्रिय भेलाको कार्यदिशा तथा तयारीबारे पनि ठोस छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ३ : १६ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा