शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो « Khabarhub

शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती मनाइयो


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद शुक्रराज शास्त्रीको १२६ औँ जन्मजयन्ती बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । शहीद स्मारक समितिले पुल्चोकस्थित शास्त्रीको सालिकमा माल्यार्पण गरी प्रजातन्त्र ल्याउन शास्त्रीले पुर्‍याएको योगदानको बारेमा चर्चा गरियो ।

ललितपुर बखुमबहाल निवासी पिता माधवराज जोशी र माता रत्नमाया जोशीका मइला सुपुत्रका रुपमा विसं १९५० भदौ १३ गते जनैपूर्णिमाको दिन भारतको वनारसमा जन्मिएका शास्त्रीलाई बिसं १९९७ माघ १० गते तत्कालीन राणा शासकले टेकुको पचलीमा रहेको खरीको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

नेपाली भाषा, संस्कृति, धर्म र राष्ट्रियताको संरक्षणको निम्ति सदैव वकालत गर्ने क्रममा उनलाई देशद्रोहको अभियोग लगाइएको थियो । नेपालका चार शहीदमध्ये शास्त्रीलाई शहीद शिरोमणि भनेर चिन्ने गरिन्छ । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले नेपालमा गरेको बलिदानबाट विसं २००७ मा प्रजातन्त्र स्थापना भएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य शोभा शाक्यले शहीदको मार्गदर्शनलाई सदैव सम्मान गर्दै अघि बढ्नुपर्ने बताए ।

ललितपुर महानगरपालिका उपप्रमुख गीता सत्यालले नेपालका चार वीर शहीदको योगदानलाई कदर गर्दै अघि बढ्नुपर्ने बताइन् । शहीद स्मारक समितिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले शास्त्री आर्य समाजका एक महान् प्रचारक रहेको जानकारी दिए ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले वाग्मतीको पुलदेखि ललितपुर महानगरपालिका वडा नं ११ शास्त्रीको घरसम्मको बाटोलाई शुक्रराजमार्ग कार्यान्वयन गराउन महानगरपालिकालाई आग्रह गरे ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  २ : ४२ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता