काठमाडौंसहित देशभर यसरी मनाइयो जनैपूर्णिमा « Khabarhub

काठमाडौंसहित देशभर यसरी मनाइयो जनैपूर्णिमा


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर बिहीबार जनैपूर्णिमा पर्व मनाइएको छ । हिन्दू धर्मावलम्बीले हातमा रक्षाबन्धन र तागाधारीहरुले जनै फेरेर यो पर्व मनाउँछन् ।

यो पर्वमा तराईमा चेलीले माइतीको हातमा राखी बाध्ने चलन छ । काठमाडौं उपत्यका विभिन्न मन्दिरहरुमा रक्षाबन्धन गर्नेहरुको घुइँचो लागेको थियो ।

यस्तै, मुलुकका विभिन्न मन्दिरहरुमा पनि रक्षाबन्धन बाध्नेहरुको भीड लाग्यो । काठमाडौं लगायत विभिन्न जिल्लामा मनाइएको जनैपूर्णिमाको केही तस्विर हेरौँ ।

काठमाडौँको पशुपति क्षेत्रमा पुरोहितको हातबाट नारीमा डोरो बाध्दै बालक ।
मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।
बागेश्वरी मन्दिरमा आज विहानैदेखि रक्षाबन्धनको चहलपहल शुरु भएको छ । मन्दिर परिसरमा व्राह्मणको हातबाट रक्षाबन्धन बाँध्दै सर्वसाधारण ।
शुक्लागण्डकी नगरपालिका ८ फिर्दी बराहखोलास्थित मन्दिरमा जनै आमन्त्रण गरिदै । आजका दिन आमन्त्रित जनै वषैभरी पूजाआजामा प्रयोग गरिनुका साथै गुरु पुरोहितबाट रक्षाबन्धन हातमा बाँधिएमा वर्षभर सुख समृद्धि र रक्षा हुन्छ भन्ने जनविश्वास छ ।
मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन । यहाँ गोसाईकुण्डको पानी आउने जनविश्वास भएकाले आजको दिन दर्शन गर्नेको भीड लाग्ने गर्दछ ।
मध्यपुरथिमि–७ स्थित नगदेशमा रहेको विसन्तकी मन्दिर (शिलेश्वर महादेव) को दर्शन गर्दै भक्तजन ।
काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार जनैपूर्णिमाका अवसरमा रक्षाबन्धनको डोरो नाडीमा बाध्दै बालिका ।
काठमाडौँको पशुपतिक्षेत्र राममन्दिर परिसरमा बिहीबार जनै पूर्णिमाको अवसरमा वेदविद्याश्रमका विद्यार्थी जनै आमन्त्रणको तयारी गर्दै । वैदिक विधिद्वारा सप्तऋषिलाई तर्पण गरी आमन्त्रित गरिएका नयाँ जनै फेर्ने तथा रक्षा बन्धनको डोरो नाडीमा बाँध्ने संस्कृतिलाई निरन्तरता दिन जलाशय एवम् शक्तिपीठमा जनै आमन्त्रण गरिने प्रचलन छ ।

तस्विर : रासस

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ३ : ४८ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी