चीनमा ४० लाख यौनकर्मी महिला, नेपाली महिला पनि तस्करको फन्दामा « Khabarhub

चीनमा ४० लाख यौनकर्मी महिला, नेपाली महिला पनि तस्करको फन्दामा


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा करिब ४० लाख महिला यौनकर्मी रहेको एक अध्ययनले देखाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिवेदनलाई आधार मानेर राष्ट्रिय मानव अधिकार आयोगले गरेको महिला बेचबिखनसम्बन्धी एक अध्ययनमा चीनमा ३० देखि ४० लाख महिला यौनकर्मीका रुपमा काम गरिरहेको उल्लेख गरेको छ ।

यसको प्रभाव नेपालमा पनि पर्दै गएको आयोगको प्रतिवेदनले औँल्याएको छ । आयोगले नेपालबाट चिनियाँ बजारमा यौनकर्मीका रुपमा मानव तस्करी भएका महिलाको बारे सरकारले चासो नदिएको विषयलाई उठान गरेको छ ।

पछिल्लो समय विषेश गरी व्यापारका नाममा तिब्बतको बाटो हुँदै नेपाली महिला चीन लैजाने गरिएको छ । २०७२ सालको भूकम्पपछि नेपालबाट नेपाली महिलाको चीनतर्फ मानव बेचबिखन भइरहेको आयोगको अध्ययनमा भनिएको छ ।

हाल चीनमा ३८ लाखभन्दा धेरै नागरिकलाई आधुनिक दासता बनाइएको चीनको तथ्यांक विभागलाई उदृत गर्दै आयोगले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २३ जना नेपाली महिला-पुरुषलाई चीनबाट सरकारले उद्धार गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ४ : ३६ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट