चीनमा ४० लाख यौनकर्मी महिला, नेपाली महिला पनि तस्करको फन्दामा | Khabarhub Khabarhub

चीनमा ४० लाख यौनकर्मी महिला, नेपाली महिला पनि तस्करको फन्दामा


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनमा करिब ४० लाख महिला यौनकर्मी रहेको एक अध्ययनले देखाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिवेदनलाई आधार मानेर राष्ट्रिय मानव अधिकार आयोगले गरेको महिला बेचबिखनसम्बन्धी एक अध्ययनमा चीनमा ३० देखि ४० लाख महिला यौनकर्मीका रुपमा काम गरिरहेको उल्लेख गरेको छ ।

यसको प्रभाव नेपालमा पनि पर्दै गएको आयोगको प्रतिवेदनले औँल्याएको छ । आयोगले नेपालबाट चिनियाँ बजारमा यौनकर्मीका रुपमा मानव तस्करी भएका महिलाको बारे सरकारले चासो नदिएको विषयलाई उठान गरेको छ ।

पछिल्लो समय विषेश गरी व्यापारका नाममा तिब्बतको बाटो हुँदै नेपाली महिला चीन लैजाने गरिएको छ । २०७२ सालको भूकम्पपछि नेपालबाट नेपाली महिलाको चीनतर्फ मानव बेचबिखन भइरहेको आयोगको अध्ययनमा भनिएको छ ।

हाल चीनमा ३८ लाखभन्दा धेरै नागरिकलाई आधुनिक दासता बनाइएको चीनको तथ्यांक विभागलाई उदृत गर्दै आयोगले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २३ जना नेपाली महिला-पुरुषलाई चीनबाट सरकारले उद्धार गरेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ४ : ३६ बजे

सोमबार किन भारत जाँदैछन् कुलमान ?

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र

५ एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौँ- नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमाथि १४ गते सुनुवाइ हुने

काठमाडौं – राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको

जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – सर्वोच्च अदालतमा गत भदौ २३ र २४ को

आँबुखैरेनी मुग्लिन सडक सोमबार राति दुई घण्टा बन्द हुने

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडकखण्ड सोमबार राति दुई