बक्यौता नपाउँदा मारमा उखु किसान « Khabarhub

बक्यौता नपाउँदा मारमा उखु किसान


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– गत वर्ष चिनी उद्योगहरुलाई दिएको उखुको वक्यौता रकम पश्चिम नवलपरासीका उखु किसानहरुले अझै पाउन सकेका छैनन् ।

चिनी उद्योगहरुले उँखु किसानहरुलाई करिव ४ करोड रुपैयाँ दिन बाँकी रहेको जिल्ला स्थित उँखु उत्पादक कृषक समितिले जनाएको छ । जिल्लामा रहेका लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग र इन्दिरा सुगर मिल्सले किसानहरुलाई करिव ४ करोड रुपैयाँ रकम दिन बाँकी रहेको भए पनि अझैसम्म वक्यौत नदिएको उँखु किसानहरुले गुनासो गरेका छन् ।

उँखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार केही रकम उद्योगले आफ्ना बिचौलियाहरु मार्फत कम मूल्यमा किसानहरुलाई रकम भुक्तानी गरेपनि अधिकांश सबै रकम भुक्तानी दिन बाँकी रहेको बताउँदै तत्काल रकम भुक्तानि नदिए चरणवद्ध आन्दोलन गर्न वाध्य हुने बताए ।

सरकारले उँखुको प्रतिक्विन्टल मूल्य रू ५३६.५६ पैसा निर्धारण गरेकामा चिनी उद्योगहरुले भने किसानहरुलाई प्रतिक्विन्टल ४७१ रुपैयाँ ३६ पैसा दिएको किसानहरुले बताएका छन् । यता चिनी उद्योगहरुले किसानहरुलाई बक्यौता रकम भुक्तानी दिन शुरु गरिसकेको जनाएका छन् ।

उद्योगहरुले अहिले प्राथमिकताका आधारमा किसानहरुलाई खरिद पुर्जी संकलन गरी भुक्तानी दिन शुरु गरिसकेको जनाएका छन् । हालसम्म करिव २० प्रतिशत वक्यौता रकम भुक्तानी गरिसकेको जनाउँदै अझै वक्यौता रहेको रकम क्रमशः भुक्तानी गरिने योजना रहेको बागमती चिनी उद्योगका सञ्चालक राम थापाले बताए ।

पश्चिम नवलपरासीको सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको अधिकांश क्षेत्रमा उखु खेतीको पकेट क्षेत्र मानिन्छ । सो क्षेत्रमा वार्षिक करिव १८ देखि २० लाख क्विन्टल उखु उत्पादन हुने उखु उत्पादक संघले जनाएको छ । जिल्लामा झण्डै १० हजार परिवारहरु उखु खेतीमा संलग्न छन् । विगतका वर्षदेखि जिल्लामा ७ हजार ५ सय हेक्टर जमिनमा उखु खेती हुँदै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ०९ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र