इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरको निर्णय « Khabarhub

इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरको निर्णय


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी अनुरोध विपरीत जिब्राल्टरका अधिकारीहरूले गत महिना कब्जा गरिएको इरानी तेल ट्याङ्करलाई तत्काल रिहा गर्न आदेश दिएका छन्।

अमेरिकाको न्याय मन्त्रालयले जिब्राल्टरस्थित अधिकारीहरूलाई उक्त तेल ट्याङ्करलाई नछोड्न अन्तिम समयमा अनुरोध गरेपछि यो निर्णय गर्ने प्रक्रिया केही घण्टाका लागि पछि धकेलिएको बीबीसीले जनाएको छ ।

जिब्राल्टरको सर्वोच्च अदालतले ग्रेस वान नामक ट्याङ्करलाई कब्जामा राख्नुपर्छ कि पर्दैन भनेर आदेश गर्न लागेको बेला अमेरिकाले त्यस्तो अनुरोध गरेको थियो। यस्तो अनुरोध कुन आधारमा गरियो भन्नेबारे सार्वजनिक गरिएको छैन।

स्थानीय सञ्चारमाध्यमले प्रधानन्यायाधीशलाई उद्धृत गर्दै यदि अमेरिकी अनुरोध नभएको भए इरानी पानी जहाज छुटिसक्ने भनी लेखेका थिए।

यस अघि स्थानीय सञ्चारमाध्यमले प्रधानन्यायाधीशलाई उद्धृत गर्दै यदि अमेरिकी अनुरोध नभएको भए इरानी पानी जहाज छुटिसक्ने भनी लेखेका थिए।

अमेरिकाको उक्त निवेदन “धेरै थरी आरोपका आधारमा पेस गरिएको र त्यसलाई विचार गरिने” जिब्राल्टारले बताएको थियो।

ब्रिटेनको विदेश मन्त्रालयले भने अमेरिकी अनुरोधका विषयमा आफूहरूले प्रतिक्रिया जनाउन नसक्ने जनाएको थियो।

जिब्राल्टर सरकारका प्रवक्ताले पनि उक्त ट्याङ्करमा रहेका चालक दलका चार जना सदस्यमाथि प्रहरी कारबाही सम्पन्न भइसकेको बताएको छ।

चालक दल सदस्यमा एक जना भारतीय नागरिक समेत छन्। २८ सदस्य चालक दलमा भारत बाहेक रुस, ल्याटभिया र फिलिपिन्सका नागरिक रहेका छन्। कब्जामा लिइएको पानीजहाजमा उनीहरूले ४३ दिन बिताइसकेका छन्।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ९ : ३४ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६