किन गर्ने होलबडी चेकअप, परीक्षणपूर्व के कुरामा ध्यान दिने ? « Khabarhub

किन गर्ने होलबडी चेकअप, परीक्षणपूर्व के कुरामा ध्यान दिने ?


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको समग्र स्वास्थ्य अवस्थाबारे गरिने परीक्षणलाई ‘होलबडी चेकअप’ भनिन्छ । स्वास्थ्य परीक्षणका विभिन्न प्याकेजमध्ये ‘होलबडी चेकअप’ एउटा हो।

होलबडी चेकअप मानिसको उमेर र लिंगअनुसार फरक हुन्छ । रगत, दिसा, पिसाब र विभिन्न एक्सरेबाट होलबडी चेकअप गरिन्छ ।

रगतमा रक्त समूह (ब्लड ग्रुप), सुगर, कलेजो (लिभर फङ्सन टेस्ट), युरिक एसिड, थाइराइड (थाइराइड फङ्सन टेस्ट), हेपाटाइटिस बी, सी र एचआइभी लगायत परीक्षण गरिन्छ ।

यस्तै पिसाबमा संक्रमण, सुगर, प्रोटिनको मात्रा जाँच गरिन्छ भने दिसामा संक्रमण, जुका, लगायत हेरिन्छ। होलबडी चेकअपमा मुटु, कलेजो, फोक्सो, मिर्गौला र छातीको एक्सरे पनि गरिन्छ।

होलबडी चेकअप भनेको टाउकोदेखि खुट्टासम्मको स्वास्थ्य परीक्षण हैन। यसमा बिरामीको आग्रह र चिकित्सकको सल्लाहअनुसार परीक्षण गरिन्छ ।

परीक्षणपूर्व ध्यान दिनुपर्ने कुरा:

–अघिल्लो राति कम्तीमा ८–१० घन्टा सुत्नुपर्छ।
–कम्तीमा २४ घण्टा अगाडिदेखि साधारण खाना खानुपर्छ।
–सुगर, कोलेस्ट्रोल र भिडियो एक्सरेका लागि कम्तीमा ८–१० घन्टा खाली पेट हुनुपर्छ।
–पुरानो रोग, पहिले गरेका जाँचका रिपोर्ट, आफूले सेवन गर्ने औषधिको पूर्ण जानकारी गराउनुपर्छ।
–२४ घन्टा अघिदेखि धूमपान र मद्यपान गर्नु हुँदैन। मद्यपान गरेको केही घन्टामै जाँच गरेमा सुगर कम देखिने, युरिक एसिड बढ्छ भने कलेजोको इन्जाइममा पनि गडबड आउँछ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ५३ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि