डेंगु निको पार्ने घरेलु विधिः मेवाको पातबाट यसरी बनाउनुस् औषधि « Khabarhub

डेंगु निको पार्ने घरेलु विधिः मेवाको पातबाट यसरी बनाउनुस् औषधि


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अहिले मुलुकभर डेंगुको संक्रमण फैलिएको छ । ५ हजारभन्दा बढी मानिस डेंगुबाट संक्रमित भएका छन् । डेंगु एक प्रकारको ज्वरो हो।

यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी हुन्छन् ।

डेंगुको औषधि हुँदैन । चिकित्सकहरुले समेत लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु नियन्त्रणको प्रमुख उपाय भनेका छन् ।

डेंगु भएको खण्डमा प्रशस्त झोलिलो पदार्थ खाने र आरम गर्ने चिकित्सकहरुको सुझाव छ । तर घरेलु विधिबाट पनि डेंगुको उपचार गर्न सकिन्छ ।

मेवाको पातको रसद्वारा उपचार

मेवाको पातको रसको फाइदाकोबारेमा ब्रिटिस मेडिकल जर्नलका विभिन्न जर्नलले प्रमाणित गरिसकेको छ । मेवाको पातको रस डेंगुको उपचारका लागि निकै लाभदायक मानिन्छ। यसकोे केही मात्रा सेवनले यो रोगमा धेरै फाइदा पुग्छ।

यसले ज्वरोको अवधि घटाएर सेतो रक्तकोषका साथै ‘प्लेटलेट’ बढाउँछ। प्रतिरोधात्मक शक्ति बढाउँछ। डेंगु ज्वरोसँगै एन एस १ अन्टिजिन डाइग्नोसिस भएको दिनबाटै एलोपेथिक औषधिसँगै यसकोे प्रयोग गर्न पनि सकिन्छ। मेवाको पातको रसले मात्र पनि धेरै फाइदा पुग्छ।

कसरी बनाउने?

ताजा ५० ग्राम मेवाको पात लिएर सफा पानीले पखाल्ने। उमालेको चिसो ५० मिलिलिटर पानीमा मिलाएर मिक्सरमा पिस्ने। डल्लो बनाएर ३० मिनेट राख्ने राख्ने, हत्केलाले निचोरेर रस निकाल्ने अनि प्रयोग गर्ने, यसलाई फ्रिजमा राख्दा २४ घण्टासम्म प्रयोग गर्न सकिन्छ।

यसको मात्रा बच्चालाई ५ देखि १० मिलिलिटर ३ पटक (खाना खानुअघि) दिनुपर्छ। वयस्क व्यक्तिले ३ पटक ३० मिलिलिटरका दरले तीनपटक लिन सक्छन्। रोग लागेर उपचारमा लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो। डेंगुबाट बच्न यस्ता सावधानी अपनाउनु पर्छ।

डेंगु ज्वरोको मुख्य लक्षण

एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा पर्छन्, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड र जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

डेंगुबाट बच्ने उपाय

घर वरिपरी जथाभावी पानी जम्मा हुन नदिने, घरआँगनका खाडलहरू पुर्ने, पानी राख्ने भाँडा राम्रोसँग छोपेर राख्ने, सुत्ने वेला झुल प्रयोग गर्ने, घरका झ्यालढोकामा जाली लगाउने, नरिवल, भटमास, निम वा लेभेण्डर तेल शरीरका खुला भागमा लगाउने गर्नाले पनि लामखुट्टे, उडुस र उपियाँ जस्ता किटाणुले टोक्न सक्दैनन्।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : २४ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले