शैक्षिक सुधार गर्न ९७ बुँदे कार्ययोजना « Khabarhub

शैक्षिक सुधार गर्न ९७ बुँदे कार्ययोजना


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाले गत २३ गतेबाट शनिबारसम्ममा शिक्षक, अभिभावक, विद्यार्थी, राजनीतिक दल, सङ्घसंस्था, शिक्षाप्रेमी, समाजसेवी, सञ्चारकर्मीलगायतसँग शिक्षाको विकासका लागि के–के गर्न सकिन्छ भन्ने विषयमा बृहत् छलफल गरेको हो ।

‘हामी सबैको एउटै ध्यान, गुणस्तर शिक्षा, असल ज्ञान’ भन्ने मूल नाराका साथ छ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३०० बढी सरोकारवाला पक्षबाट आएको सुझावलाई समेटर ९७ बुँदाको शिक्षा सुधार लागि जिम्मेवारीसहितको कार्ययोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्ययोजनामा शिक्षक, अभिभावक, राजनीतिक, स्थानीय तह, सङ्घसंस्थालगायतले शिक्षाको विकासमा खेल्नुपर्ने जिम्मेवारी तोकिएको गाउँपालिकाको भनाइ छ ।

सबैबाट आएका विषयवस्तुलाई समेटेर तयार गरिएको उक्त शिक्षा सुधार कार्ययोजनामा सरोकारवाला पक्षले हस्ताक्षरसमेत गरेका छन् । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय सरकार सञ्चालनमा आएपछि गाउँपालिकाको शिक्षाको सुधारका लागि कार्यक्रमको आयोजना गरिएको बताए।

हालको अस्तव्यस्त शिक्षालाई सुधार गर्न गाउँपालिका लागिपरेको बताउँदै उहाँले शिक्षाको विकासका लागि सबैको साथको आवश्यकता रहेको समेत औँल्याए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ४४ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा