हाइकिङ जाने सोचमा हुनुहुन्छ, यी बन्न सक्छन् उपयुक्त गन्तव्य « Khabarhub

हाइकिङ जाने सोचमा हुनुहुन्छ, यी बन्न सक्छन् उपयुक्त गन्तव्य


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय सहरी क्षेत्रका युवायुवती शहरभन्दा केही परको क्षेत्र घुम्न जाँने प्रचलन बढेको छ ।

विदा वा फुर्सदको समयमा हाइकिङ जाने संस्कृतिमा विकास भएको हो ।

शहरको धुँवा, धुलो र ट्राफिक जामबाट दिक्क भइरहँदा शरीर र मतिस्क दुवैलाइ रिफ्रेस बनाउनकै लागि पनि धेरैजसो युवाहरु हाइकिङ जाने गर्छन् ।

शनिवारको दिन भरपुर मनोरञ्जन लिने सोचमा हुनुहुन्छ भने यी हुन सक्छन् तपाइका आकर्षक हाइकिङ स्थानहरु:

चन्द्रगिरी 

चन्द्रगिरी हिल्स पछिल्लो समय निकै चर्चित बनेको छ । समुन्द्री सतहबाट २५ सय ५१ उचाइमा रहेको चन्द्रगिरी भौतिक सुविधिासम्पन्न पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । चन्द्रगिरी भालेश्वरको मन्दिर पनि रहेकाले दर्शनका लागि जानेहरुको भीड पनि उत्तिकै हुन्छ ।

चन्द्रगिरी हिल्स्मा रहेको भ्यू टावरबाट काठमाडौं उपत्यका, कञ्चनजंघा, मनास्लु, मकालु सगरमाथा लगायतका हिमालको दृश्य देख्न सकिन्छ ।
हाइकिङ जानका लागि चन्द्रगिरीको छुट्टै रुट पनि रहेको छ । कीर्तिपुरबाट जाँदा मच्छेगाउँबाट यात्रा सुरु गरेर छापडाँडा हुँदै चन्द्रगिरी पुग्न सकिन्छ ।

चम्पादेवी

एक दिनको हाइकिङका लागि उपत्यकावासीको अर्को रोजाइ चम्पादेवी हो । हिमाली तथा पहाडी श्रृंखलाको अवलोकनसहित छोटो अवधिमै काठमाडौंको धुवाधुलो डोडेर स्वस्च्छ वातावरण भएको ठाउँमा पुगिन्छ ।

समुन्द्री सतहबाट २३ सय मिटर उचाइमा रहेको यस चुचुरोको यात्रा भने फर्पिङ आइपुगेपछि समाप्त हुन्छ । हिमालय श्रृंखलाको अवलोकन तथा हरियाली जंगल यो रुटको प्रमुख विशेषता हुन् ।

फूलचोकी 

फुलचोकी ललितपुर जिल्लामा पर्छ । काठमाडौंबाट यात्रा गर्नका लागि पनि बाटो राम्रो हुने हुँदा यस क्षेत्रमा हाइकिङ जानेको संख्या बढिरहेको छ ।

काठमाडौं उपत्यकालाइ घेरेर राखेका पहाडहरुमध्ये सबैभन्दा अग्लो चुचुरो हो, फुलचोकी । समुन्द्री सतहबाट २ हजार ७ सय ५० मिटर अग्लो स्थानमा रहेको यो डाँडामा पनि प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । फुलचोकीको यात्रा गोधावरीबाट सुरु गर्न सकिन्छ ।

ककनी

काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी नुवाकोट जिल्लामा अवस्थित छ । ककनी पिकनिक स्पोर्टका रुपमा चिनिन्छ तर पछिल्ला समय हाइकिङका लागि ककनी युवाहरुको रोजाइमा पर्न सफल भएको छ ।

शिवपुरी

शिवपुरी डाँडा काठमाडौंको नागार्जुन नगरपलिका अन्तर्गत पर्छ । समुन्द्री सतहबाट २७ सय ३२ मिटर उचाइमा रहेको यो डाँडा उपत्यकाको दोस्रो अग्लो चुचुरो पनि हो ।
यस डाँडामा हाइकिङ जानेहरुले अन्य सुविधा पनि लिन पाउनेछन् । जसमध्ये सेतो गुम्बा, बुढानीलकण्ठ एकैदिनमा घुमेर फर्किन सक्नेछन् ।

सुन्दरीजल

सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुप्मा पनि मानिन्छ । पिकनिक र घुम्नका लागि चर्चित ठाउँ पनि हो सुन्दरीजल । सुुमुन्द्री सतहबाट १ हजार २ सय ८० मिटरको उचाइमा रहेको छ सुन्दरीजल ।

वनले भरिभराउ यो क्षेत्रमा झरना हेर्न र पानीमा खेल्न पाइन्छ । सुन्दरीजलबाट मुलखर्क हुँदै ओखेनी जाने चाँगुनारायणबाट सुन्दरीजल आउने चल्तीको हाइकिङ रुट पनि रहेको छ ।

लाकुरीभञ्जाङ

ललितपुर जिल्लामा रहेको लाकुरीभञ्जाङबाट उपत्यकाका ३ वटै जिल्लाका मनोमहक दृश्यहरु अवलोकन गर्न सकिन्छ । सुमन्द्री सतहबाट १ हजार ९ सय ७७ उचाइमा रहेको लाकुरीभञ्जाङ चारैतिर वनले घेरिएको छ ।

लाकुरीभञ्जाङ जानका लागि सडकको अवस्था नाजुक भएपनि हाइकिङ जानजेहरुले भने रमाइलो गर्न सक्नेछन् । यो क्षेत्र पिकनिकका लागि पनि चर्चित क्षेत्र हो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ०७ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि