पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडि नै यसरी पत्ता लगाउन सकिन्छ « Khabarhub

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडि नै यसरी पत्ता लगाउन सकिन्छ


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलाहरुको ज्यान गइसकेको छ । महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सरलाई समयमै पहिचान गरी उपचार गरेमा यो रोग निदान गर्न सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडि नै पत्ता लगाउन सकिन्छ । पाठेघरमा सूक्ष्म जीवाणुको संक्रमणले क्यान्सर हुनसक्छ । यो जीवाणु यौन सम्पर्कबाट सर्दछ । पाठेघरको मुखमा संक्रमण भएपनि कुनै पनि लक्षण देखा नपर्न पनि सक्छ ।

क्यान्सर भएको कसरी थाहा पाउँने ?

पाठेघरको मुखको क्यान्सर हुनुभन्दा अगाडीको अवस्थामा पाठेघरको मुखको परीक्षण गरेर थाहा पाउन सकिन्छ । पाठेघरको मुखको परीक्षणलाई चिकित्सकको भाषामा भिजुअल इन्पेक्सन एसिटिक एसिड (भिआईए) परिक्षण भनिन्छ ।  भिआईए परीक्षण भनेको तालिमप्राप्त स्वास्थ्यकर्मीबाट पाठेघरको मुखमा औषधि लगाई गरिने परीक्षण हो ।

कस्तो महिलाले गराउने भिआईए परीक्षण ?

यौन सम्पर्क भएका ३० देखि ६० वर्ष उमेर भएका सबै महिलाहरुले समस्या नभएपनि प्रत्येक ५ वर्षमा एकपटक भिआईए परीक्षण गर्नुपर्छ ।
भिआईए परीक्षणका फाइदा यस्तो छ :

–भिआईए परीक्षणबाट पाठेघरको मुखको क्यान्सर हुनुभन्दा करीब १० वर्ष अगाडि नै अवस्था थाहा पाउन सकिन्छ,

–पाठेघरमा क्यान्सर हुने वा नहुने जानकारी पाइन्छ,

–यो परीक्षण गर्दा शरीरमा कुनै नकारात्मक असर पर्दैन,

–परीक्षणको क्रममा पाठेघरका समस्या देखिएमा समयमै थाहा पाइने भएकाले रोग लाग्नु अघि नै उपचार गर्न सहज हुन्छ,

–पाठेघरको क्यान्सरबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ४६ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण