तेलुगु फिल्म खेल्दै परमिता « Khabarhub

तेलुगु फिल्म खेल्दै परमिता


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका परमिता आरएल राणाले तेलुगु फिल्ममा अभिनय गर्ने भएकी छिन् । तेलुगु फिल्म उद्योगका सुपरस्टार भनेर चिनिने गोपीचन्दको शीर्ष भूमिका रहने फिल्ममा परमिताले अभिनय गर्ने भएकी हुन् ।

फिल्मको नाम भने अझै तय भइसकेको छैन । फिल्म ‘चपली हाइट २’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी परमिताले अभिनय गरेको फिल्म ‘चंगाचेट’ गतवर्ष रिलिज भएको थियो ।

फिल्ममा परमिताको जोडी अभिनेता गोपीचन्दसँग रहनेछ । पहिलोपटक तेलुगु फिल्ममा अभिनय गर्न पाउँदा आफू निकै उत्साहित भएको परमिताले बताएकी छिन् । सामाजिक सञ्जालमा उनले एक लामो स्टाटस लेख्दै आफू निकै उत्साहित भएको बताइन् ।

साथै उनले फिल्म टिमसँगका केही तस्वीर समेत शेयर गरेकी छिन् । यद्यपि परमिताले अभिनय गरेका नेपाली फिल्म भने व्यावसायिक रुपमा खासै सफल छैनन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  २ : ०२ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले