बाँके घटनामा नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, पार्टीले निर्देशन दिएको हैन– गृहमन्त्री थापा « Khabarhub

बाँके घटनामा नेकपाका कार्यकर्ता संलग्न हुन सक्छन्, पार्टीले निर्देशन दिएको हैन– गृहमन्त्री थापा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँकेमा भएको घटना (झडप)मा नेकपा कार्यकर्ता संलग्न हुन सक्ने बताएका छन् ।

घटनामा जोसुकैको संलग्नता भए पनि दोषी देखिएकाहरुलाई कारबाही गरिने पनि गृहमन्त्री बादलले प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले बाँके घटना सत्तारुढ दल (नेकपा)को कुनै निर्देशन दिएर नभएको पनि स्पष्ट पारेका छन् ।

‘सरकारले बाँकेमा भएको घटनालाई सरकारले गम्भीर रुपले लिएको छ । नेकपाले कुनै निर्णय गरेर नेपाली कांग्रेसको कार्यक्रमलाई विथोल्ने भन्ने रुपमा यो घटना भएको हैन,’ गृहमन्त्री थापाले भने, ‘यो घटनामा संलग्नहरु नेकपाका कार्यकर्ता हुन सक्छन् ।’

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  २ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना