मकै खानुका यस्ता छन् १० फाइदा « Khabarhub

मकै खानुका यस्ता छन् १० फाइदा


२९ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

तराई लगायत पहाडमा समेत सजिलै उत्पादन हुने मकै धेरैले खाजाका रुपमा खाने गर्दछन् ।

मकैको स्वादका कारण यसका विभिन्न परिकार बनाएर ठूला होटल, फिल्म हलदेखि साधारण फुटपाथमा समेत यसको बिक्री हुने गर्दछ ।

मकैलाई प्रत्यक्ष भुटेर, उसिनेर, पोलेर तथा कुटेर खानाको साटो समेत उपभोग गरिन्छ । मकैको सेवन स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । मकै खादा के के फाइदा हुन्छन् त ?

१. मकैमा फाइबरको मात्रा प्रशस्त हुन्छ, यसले पाचन प्रणलीलाई सन्तुलित बनाउने गर्दछ ।
२. मकैको नियमित सेवन गरेमा मानिसमा एसीडीटी र कब्जियतको समस्या हटेर जान्छ ।
३. मकैको सेवनले कोलस्ट्रोल घटाई मुटुरोगको सम्भावनालाई समेत टार्ने गर्दछ ।
४. मकैमा पर्याप्त मात्रामा फोलिक एसिड पाइने हुँदा गर्भवती महिलाका लागि फाइदाजनक हुन्छ ।
५. मकैमा हुने एन्टिअक्सिडेन्टले छाला तथा तन्तुलाई स्वस्थ राख्दछ ।
६. नियमित मकैको खाने मानिसमा रोगप्रतिरोधात्मक क्षमता बढ्ने गर्दछ ।
७. हड्डिमा समस्या हुनेले पोलेको मकै खानु निकै उपयोगि मानिन्छ, यसले हड्डी बलियो बनाउँछ ।
८. पोलेको मकैमा हुने कपर, म्याग्नेसियम, आइरन र फोस्फोरसले समेत हड्डीलाई फाइदा गर्छ ।
९. भुटेको वा पोलेको मकै खाएमा यसले शक्ति अभिवृद्धि गरी कार्बोहाइड्रेटको मात्रा बढाउँछ ।
१०. सातामा ३/४ पटकसम्म मकैको खानेहरुमा पेट सम्बन्धी रोगको समस्या कम हुँदै जान्छ ।

प्रकाशित मिति : २९ भदौ २०७६, आइतबार  ५ : २३ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित