काठमाडौंबाट एक हजार सडक बालबालिकाको उद्दार « Khabarhub

काठमाडौंबाट एक हजार सडक बालबालिकाको उद्दार


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गएको एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्दार गरेको जनाएको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरी पुर्नस्थापना गरिएको उल्लेख गरिएको हो । यस्तै, चालु आर्थिक वर्षबाटै देशका मुख्यमुख्य सहरबाट पनि सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाको कामलाई सुरु गर्ने योजना रहेको छ ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले देशका अन्य सहरमा पनि सडक बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कामलाई चालु आर्थिक वर्षबाटै सुरु गर्नेगरी नीति, योजना र कार्यक्रम तय गरिएको जानकारी दिए । उनले बालबालिकामाथि श्रम शोषण हुन नदिन ‘बाल श्रम गुरुयोजना’ कार्यान्वयनमा ल्याइएको बताए ।

सरकारी तथ्यांकअनुसार पछिल्लो एक वर्षमा सबैभन्दा बढी बालबालिका विरुद्धको घटना प्रदेश १ मा भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा भएको छ ।

सचिव घिमिरेले एक वर्षयता प्रदेश १ मा सबैभन्दा बढी १ सय ३१ वटा बालबालिका विरुद्धको घटना भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको बताए । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालबालिकामाथि हुने सबै प्रकारको शोषण र विभेद अन्त्यका लागि सरकार प्रतिबद्ध भएर लागि परेको बताए । उनले बाल श्रम अन्त्यका लागि सरकारले त्यसको गुरुयोजना नै तय गरेर काम गरिरहेको पनि बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकाको अधिकारको क्षेत्रमा सरकारले उत्साहका साथ काम गरिरहेको दावी गरिन् । उनले स्थानीय तहसम्म पनि बाल अधिकार हनन् हुन नदिन सरकारले सहकार्यका साथ काम गरिरहेको बताइन् ।

सरकारले बाल अधिकार हनन् हुन नदिन उनीहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गराउन लागि परेको दावी पनि गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : ३२ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा