काठमाडौंबाट एक हजार सडक बालबालिकाको उद्दार | Khabarhub Khabarhub

काठमाडौंबाट एक हजार सडक बालबालिकाको उद्दार


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले गएको एक वर्षभित्र काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्दार गरेको जनाएको छ ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारले सार्वजनिक गरेको तथ्यांकमा काठमाडौं उपत्यकाबाट एक हजार ११ जना सडक बालबालिकाको उद्धार गरी पुर्नस्थापना गरिएको उल्लेख गरिएको हो । यस्तै, चालु आर्थिक वर्षबाटै देशका मुख्यमुख्य सहरबाट पनि सडक बालबालिकाको उद्धार र पुनस्र्थापनाको कामलाई सुरु गर्ने योजना रहेको छ ।

कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले देशका अन्य सहरमा पनि सडक बालबालिकाको उद्धार तथा पुर्नस्थापनाको कामलाई चालु आर्थिक वर्षबाटै सुरु गर्नेगरी नीति, योजना र कार्यक्रम तय गरिएको जानकारी दिए । उनले बालबालिकामाथि श्रम शोषण हुन नदिन ‘बाल श्रम गुरुयोजना’ कार्यान्वयनमा ल्याइएको बताए ।

सरकारी तथ्यांकअनुसार पछिल्लो एक वर्षमा सबैभन्दा बढी बालबालिका विरुद्धको घटना प्रदेश १ मा भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा भएको छ ।

सचिव घिमिरेले एक वर्षयता प्रदेश १ मा सबैभन्दा बढी १ सय ३१ वटा बालबालिका विरुद्धको घटना भएको विभिन्न अध्ययन प्रतिवेदनले देखाएको बताए । कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बालबालिकामाथि हुने सबै प्रकारको शोषण र विभेद अन्त्यका लागि सरकार प्रतिबद्ध भएर लागि परेको बताए । उनले बाल श्रम अन्त्यका लागि सरकारले त्यसको गुरुयोजना नै तय गरेर काम गरिरहेको पनि बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकाको अधिकारको क्षेत्रमा सरकारले उत्साहका साथ काम गरिरहेको दावी गरिन् । उनले स्थानीय तहसम्म पनि बाल अधिकार हनन् हुन नदिन सरकारले सहकार्यका साथ काम गरिरहेको बताइन् ।

सरकारले बाल अधिकार हनन् हुन नदिन उनीहरुको शिक्षा र स्वास्थ्यको अधिकारलाई सुनिश्चित गराउन लागि परेको दावी पनि गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : ३२ बजे

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

मन्त्री बन्ने हल्लापछि विजय लामाले भने- धेरै जनाले प्रस्ताव राख्नुभएको छ रे तर, मलाई कुनै जानकारी छैन

काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको

फिल्म जुधेँपछि प्रकाश सपुत : ‘माइतीघर’ छोरी, ‘हरिबहादुरको जुत्ता’ छोरा, कसलाई प्राथमिकता दिउँ ?

काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’